‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

भण्डारीको उपचारमा भेन्टिलेटर हटाइयो, सबै स्वास्थ्य पारामिटर नर्मल

ग्यास विस्फोटमा परी गम्भीर घाइते भएका नेपाली कांग्रेसका नेता तथा सांसद डा चन्द्र भण्डारीको उपचारमा भेन्टिलेटर हटाइएको छ। मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचारत भण्डारीलाई सोमबार बिहान परीक्षणका रुपमा भेन्टिलेटर हटाइएको हो ।

मुम्बईमा रहेका कांग्रेस कार्यकर्ता माधव न्यौपानेले सोमबार बिहान सवा १० भण्डारीको पछिल्लो अपडेट भन्दै फेसबुकमा लेखेका छन्, ‘ट्रायलका रुपमा भेन्टिलेटर हटाइएको छ।’उनले स्वास्थ्य पारामिटर सामान्य रहेका र सुन्निएको भाग घट्दै गएको पनि जानकारी दिएका छन् ।

‘स्वास्थ्य पारामिटर नर्मल रहेका छन्। सुन्निएको भाग घट्दै गएको छ। स्वास्थ्य सामान्यतर्फ गइरहेको छ,’ न्यौपानेले लेखेका छन्। काठमाडौँको बुद्धनगरस्थित निवासमा बुधबार राति खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा गम्भीर घाइते भएका भण्डारीको नेपालमा उपचार सम्भव नहुने भनिए पछि श्री एयरलायन्सको चार्टड फ्लाइटबाट थप उपचारका लागि मुम्बई लगिएको थियो ।

सांंसद भण्डारीसंग जलनमा परेकी उनकी ८६ वर्षीया आमा हरिकला भण्डारीको बिहीबार उपचारकै क्रममा निधन भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित