रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

कपिलवस्तुमा सशस्त्रको ट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो

कपिलवस्तुमा सशस्त्र प्रहरी सवार ट्रक दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ४ पुगेको छ । दुर्घटनामा गम्भीर घाइते थप २ सशस्त्र प्रहरीको शुक्रबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते सशस्त्र प्रहरी जनक चौधरी र रमेश चौधरीको भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । यो संगै मृतकको संख्या ४ पुगेको छ भने घाइते ३ जनाको उपचार भैरहेको छ । शुक्रबार साँझ भएको घटनामा चालक तथा सशस्त्र प्रहरी जवान रमेश चौधरी र स्थानीय अमर तङनामीको मृत्यु भएको थियो ।

बाणगंगा नगरपालिका वडा नं ३ सिउटीमा सशस्त्र प्रहरी सवार ना १ ग ५५४ नं। को ट्रक अनियन्त्रित हुँदै दुर्घटनामा परेको थियो ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । स्थानीयबासीले भने सशस्त्र प्रहरी सवार ट्रकको लापरबाहीको कारण दुर्घटना भएको आरोप लगाएका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित