
बुटवल। नेपाली सेना दिवसको अवसरमा मध्य पश्चिम पृतना हेडक्वाटर र श्री नम्बर २२ बाहिनी अडडाको संयुक्त आयोजना शनिबार बुटवलमा आयोजित खुला पुरूष÷महिला खुला हाफ म्याराथनको उपाधि गजेन्द्र राईले जितेका छन् । त्यस्तै द्धितीय सुशीलकुमार शाही र तृतीय जितेन्द्र दनुवार भए । २१ किलोमिटर उक्त दौडको प्रथम पुरस्कार ४० हजार द्धितीयको २५ हजार र तृतीयका १५ हजार रहेको छ ।
त्यस्तै १० किलोमिटरतर्फको दौडमा खगेन्द्र रानाभाट प्रथम भएका छन । त्यस्तै द्धितीय संजीत नेपाली र तृतीय रमेश सिजापती भए । उनीहरुले क्रमस पुरस्कार १५ हजार, १० हजार ५ हजार प्राप्त गरे । त्यस्तैगरी १० किलोमिटर महिलातर्फ गीता विक प्रथम, निर्मला केसी द्धितीय र धनमाया बोहरा तृतीय भए ।
उनीहरुले क्रमस १५ हजार, १० हजार र ५ हजार पुरस्करा प्राप्त गरे । २१ किलोमिटर दौड देवदहको पिपलबोटदेखि जितगढी किल्लासम्म थियो भने, १० किलोमिटर दौड जितगढी किल्लाबाट नयाँगाउँ हुदै जितगढीसम्म थियो । प्रतियोगितामा ५०० जना सहभागी रहेको मध्य पश्चिम पृतना हेडक्वाटरका प्रमुख उपरथी यामप्रसाद ढकालले जानकारी दिए । विजेतालाई बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले पुरस्कार वितरण गरेका थिए ।