तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

आज महाशिवरात्री पर्व, देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको घुईचो

आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी शनिबार (आज) देशभर महाशिवरात्रि पर्व मनाइँदै छ । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायतका ग्रन्थमा उल्लेख छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका कार्यकारी निर्देशक ज्यो. पं. सूर्यप्रसाद ढुङ्गेलका अनुसार शनिबार बेलुका ६ बजेर ६ मिनेटसम्म त्रयोदशी तिथि रहेको छ । त्यसपछि चतुर्दशी प्रारम्भ हुन्छ । चतुर्दशी तिथि आइतबार दिउँसो ३ बजेर ४४ मिनेटसम्म रहेको छ । चतुर्दशी तिथि शनिबार मध्यरातमा परेकाले आजै (शनिबार) महाशिवरात्रि पर्व मनाउने निर्णय समितिले गरेको उनले बताए ।

उनले भने, “शास्त्रीय वचनअनुसार फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रिलाई शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएकाले यो पर्व कालरात्रि (बडादशैँको अष्टमीको रात), मोहरात्रि (कृष्ण जन्माष्टमीको रात), सुखरात्रि (लक्ष्मी पूजाको रात) र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा मनाइने शिव पुराणलगायत ग्रन्थमा वर्णित छ ।”

वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले महाशिवरात्रिको दिन बिहानदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्दछन् । यस दिन अञ्जानमै भए पनि भगवान् शिवको पूजा गरिए महापुण्य हुने विश्वास रहेको उनले बताए । महाशिवरात्रिका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वाससमेत रहेको उनको भनाइ छ ।

आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ । महादेवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न देशभरका शिवालयमा शुक्रबार रातिदेखि नै भक्तजनहरूको घुइँचो लागेको छ । भगवान् शिवजीको मूल चिर पशुपतिनाथ, मुड (बीचभाग) भारतको उत्तराखण्डमा रहेको केदारनाथ र पाउँ बनारसमा रहेको विश्वनाथ रहेको किंवदन्तीका आधारमा पशुपतिनाथमा पूजा, आराधना, दर्शन गर्नेहरूको विशेष भीड लाग्ने उनले बताए ।

मेला भर्न आएका भक्तजनको सुविधाका लागि शनिबार बिहान ३ बजेदेखि नै पशुपतिका चार ढोका खुला गरिएको कोषका प्रवक्ता अधिकारीले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित