लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

ग्यास सिलिण्डर विस्फोट हुँदा सांसद चन्द्र भण्डारी गम्भीर घाइते

काठमाडौंको बुद्धनगर स्थित प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीको निवासमा खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा सांसद भण्डारी र उनकी आमा गम्भीर घाइते भएका छन् ।

राती ९ः४५ बजेको समयमा घरमा खानापकाउने क्रममा ग्यास विस्फोट हुँदा सांसद भण्डारी र उनकी ८८ वर्षिया माता हरिकला भण्डारीलाई गम्भीर चोट लागेको भण्डारीको सचिवालयले जनाएको छ ।

भण्डारीका सचिवालय सदस्य भुवन भुसालका अनुसार डा. भण्डारीको शरिर २५ प्रतिशत जलेको र माताको शरिर ७० प्रतिशत जलेको चिकित्सकहरुले बताएका छन् । उनीहरुको अहिले किर्तिपुर अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।

विस्फोट लगत्तै उनीहरुलाई किर्तिपुर अस्पताल लगिएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित