दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

ग्यास सिलिण्डर विस्फोट हुँदा सांसद चन्द्र भण्डारी गम्भीर घाइते

काठमाडौंको बुद्धनगर स्थित प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीको निवासमा खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा सांसद भण्डारी र उनकी आमा गम्भीर घाइते भएका छन् ।

राती ९ः४५ बजेको समयमा घरमा खानापकाउने क्रममा ग्यास विस्फोट हुँदा सांसद भण्डारी र उनकी ८८ वर्षिया माता हरिकला भण्डारीलाई गम्भीर चोट लागेको भण्डारीको सचिवालयले जनाएको छ ।

भण्डारीका सचिवालय सदस्य भुवन भुसालका अनुसार डा. भण्डारीको शरिर २५ प्रतिशत जलेको र माताको शरिर ७० प्रतिशत जलेको चिकित्सकहरुले बताएका छन् । उनीहरुको अहिले किर्तिपुर अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।

विस्फोट लगत्तै उनीहरुलाई किर्तिपुर अस्पताल लगिएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित