दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

अनेरास्ववियुको सचिवमा सरोज पोखरेलको उम्मेदवारी

अखिल नेपाल राष्ट्रीय स्बतन्त्र बिद्यार्थी युनियन अनेरास्ववियुको २३ औ राष्ट्रिय महाधिबेशनको आज काठमाडौमा उद्घाटन भएको छ ।
एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलन उद्घाटन गरेका हुन् ।
तीन दिनसम्म चल्ने सम्मेलन यही फागुन ४ गतेसम्म चल्ने छ । अनेरास्ववियुको २३ औ महाधिबेशनको लागि अनेरास्बबीयुका स्थायी समिति सदस्य तथा लुिम्बनी प्रदेश अध्यक्ष सरोज पोखरेलले सचिब पदमा उम्मेदबारी घोषण गरेका छन् ।

गुल्मीबाट अनेरास्ववियुको राजनीति सुरु गरेका पोखरेल अनेरास्बबीयु लुम्बिनी बाणिज्य क्याम्पस समितिका अध्यक्ष अनेरास्ववियु रुपन्देही जिल्ला अध्यक्ष हाल अनेरास्बबीयुको केन्द्रीय सदस्य हुंदै स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेश संयोजक हुन्।
अनेरास्ववियुमा लामो समय काम गरेका हाल बुटवल निवासी सरोज पोखरेल अनुवभी विद्यार्थी नेताको रुपमा देशभर परिचित छन् ।

बिद्यार्थीवीच लोकपृय बनेका पोखरेल बिद्यार्थीका हरेक समस्या समाधनको लागि निकै अग्रसर भएर काम गदै आएका थिए ।
संगठनलाई बलियो बनाउनका निम्ती अनेरास्बीयुको माध्यबाट बिभिन्न कार्यक्रमहरु सन्चालन गदै संगठन बिस्तारको कामलाई तीव्रता बढाउदै आएको र अहिले सचिव पदको लागि उम्मेदवारी दिएको पोखरेलले नयां दिशालाई बताएका छन् ।

लुम्बीनि प्रदेशबाट प्रतिनिधित्ब गदै सचिब पदका एकल उम्मेदबार बनेका छन् सरोज पोखरेल । लुम्बिनी प्रदेशबाट सचिवमा एकल उम्मेदवार बनेकाले सचिवमा सरोज पोखरेलले जित्ने अनेरास्ववियुका पूर्व विद्यार्थी नेता तथा एमालेका नेताहरुले बताएका छन् ।
संगठनलाई थप बलियो, शसक्त बनाउनका लागि आफुसंग योजना र देशभरका विद्यार्थीसंग सुमधुर सम्बन्ध भएकाले आफुले सचिब पदमा उम्मेदबारी दिएको र जित्ने निश्चित जस्तै भएको सरोज पोखरेलले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित