जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे… लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा रबिन र हिमान्सु जोडी बिजयी ‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अंकितलाई, अध्यता भण्डारी फस्ट रनर अप हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न ५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी?                
समाचार :

२०८० सालको विजया दशमी कात्तिक ७ गते, चैते दसैं ८१ सालमा

वि.सं. २०८० सालमा हिन्दुहरुले मनाउने प्राय: सबै चाडपर्व १५-२० दिन पछाडि सरेका छन्।

८० सालको साउनमा अधिक मास परेकाले यस वर्षका चाडपर्व पछि सरेका हुन्। असार १९ गतेबाट सुरु हुने श्रावण कृष्णपक्ष साउन १ गते सकिन्छ।

साउन २ देखि १६ गतेसम्म अधिक श्रावण कृष्णमास सुरु हुन्छ। फेरि साउन १७ देखि ३१ सम्म अधिक श्रावण कृष्णपक्ष परेको छ।

त्यसपछि फेरि साउन ३२ देखि भदौ १४ सम्म श्रावण शुक्लपक्ष परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए।

ढुंगेलका अनुसार यसरी असार १९ देखि भदौ १४ सम्म एउटै मास पर्न गएकाले यसलाई अधिक मास अर्थात मलमास भन्ने गरिन्छ। यसरी भदौ १४ सम्म तिथिका आधारमा ‘श्रावण मास’ नै परेका कारण नयाँ वर्षका चाडपर्वहरु अघिल्लो वर्षको भन्दा १५-२० दिन पछाडि धकेलिएको उनले बताए।

सधैजसो भदौमा पर्ने हरितालिका तीजको व्रत ८० सालमा असोज १ गते परेको छ। २०७९ सालको तीज भदौ १४ मा थियो।

यस्तै २०८० सालको घटस्थापना असोज २८ गते परेको छ भने फूलपाति कात्तिक ४ र विजयादशमी कात्तिक ७ गते परेको छ। २०७९ सालमा असोज १० गते घटस्थापना, १६ गते फुलपाती र असोज १९ गते विजयादशमी परेको थियो।

यस्तै नयाँ वर्षको तिहार पनि करिब २० दिन पछाडि धकेलिएको छ। नयाँ वर्षमा भाइटीका कात्तिक २९ गते परेको छ भने यस वर्ष को भाइटीका कात्तिक १० गते थियो।

यस्तै २०८० सालको छठ पर्व २० दिनपछि धकेलिएर मंसिर ३ गते पुगेको छ।

२०८० सालमा चैते दसैं ८१ सालमा पुगेको छ। आगामी चैत १५ गते चैते दसैं बनाइए पनि नयाँ सालमा चैते दसैं गायब भएको छ।
मलमासकै कारण २०८० सालको चैते दसैं २०८१ मा पुगेको हो। २०८० को चैत मसान्तमै चतुर्थी तिथि सकिने भएकाले चैत अष्टमीमा मनाइने चैते दसैं २०८१ को वैशाखमा परेको समितिले जनाएको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित