रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे                
समाचार :

सामसुङकाे ग्यालेक्सी एस २३ सिरिज भैरहवामा सार्वजनिक

सामसुङले ग्यालेक्सी एस २३ सिरिज स्मार्टफोन भैरहवामा विक्री वितरणको लागि सार्वजनिक गरेकाे छ ।

दक्षिण कोरियाली कम्पनी सामसुङको बहुप्रतीक्षित नयाँ स्मार्टफोनको रुपमा रहेको एस २३, प्लस र अल्ट्रा गरी २३ सिरिजका तीनवटा मोडेल सार्वजनिक गरेको हो । भैरहवामा एक कार्यक्रमका बीच सामसुङका निर्देशक प्रणय रत्न स्थापित र मिस नेपाल २०२२ प्रियंका रानी जाेशीले संयुक्तरुपमा मोबाइल सार्वजनिक गरेका हुन् ।

यो सिरिजका स्मार्टफोनमा क्यामरा फिचर्समा धेरै सुधार भएको छ । ग्यालेक्सी एस–२३ अल्ट्रा मोडेलमा २०० मेगापिक्सेलको मुख्य रहेको छ । उक्त उच्च क्षमतायुक्त सेन्सरले कम प्रकाश भएको ठाउँमा पनि प्रष्ट, चम्किलो तथा विस्तृत तस्वीर खिच्न सक्नेछ । कम प्रकाशका लागि उपयुक्त भनिएको यो फोनमा क्यामरालाई शक्तिशाली बनाउनका लागि सामसुङले क्वालकोमसँगको सहकार्यमा तयार गरेको आफ्नै चिपसेट प्रयोग गरेको छ भने आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिको पनि प्रयोग गरिएको छ । त्यस्तै एस–२३ र एस–२३ प्लसमा चाहिं ५० मेगापिक्सेलको मुख्य क्यामरा रहेकोे छ ।

ग्यालेक्सी एस २३ अल्ट्रामा १२ जिबीको र्याम र ५१२ जिबीको मेमोरी छ भने दाेस्राेमा १२ जिबीको र्याम र २५६ जिबीको मेमोरी उपलब्ध छ । त्यसतै ८ जिबीको ¥याम र २५६ जिबीको मेमोरी र था अर्को मोडेलमा ८ जिबी ¥याम र ५१२ जिबी मेमोरी छ ।

कम्पनीको अनुसार एस २३ को नेपाली बजार मूल्य १ लाख २७ हजार ९९९, एस २३ प्लसको १ लाख ५१ हजार ९९९ तथा एस २३ अल्ट्राको मूल्य २ लाख ९ हजार ९९९ तोकिएको छ । भैरहवामा पनि सिरिजमा समावेश मोडेलको प्रि बुकिङ सुरु भएको छ ।

सामसुङका नयाँ स्मार्टफोनमा गेमिङ क्षमता पनि उच्च रहेको छ । यसको शक्तिशाली ब्याट्रीका कारण प्रयोगकर्ताहरुले स्मार्टफोनमा लामो समयसम्म गेम खेल्न सक्नेछन् । एस २३ अल्ट्रामा ५ हजार मिलिएम्पियर आवर क्षमताको ब्याट्री छ । त्यस्तै एस २३ प्लसमा ४ हजार ७ सय र एस २३ मा ३ हजार ९ सय मिलिएम्पियर आवरको ब्याट्री छ ।

स्मार्टफोनहरु ग्रीन, फ्यानतम ब्ल्याक, क्रिम, ल्याभेंदर ग्रीन रङमा उपलब्ध हुने बताइएको छ । आकर्षक फाइदाहरुका साथ प्याक गरिएको एस२३ सिरिज शुन्य प्रतिशत व्याजदरमा मासिक न्यूनतम किस्ता छ हजार चार सयबाट सुरु भइ उपलब्ध छ । सामसङ्गले एक पटकको लागि ब्रेकेज इनसुरेंस एक वर्षको लागि उपलब्ध गराएको छ ।

वातावरण मैत्री भएको फोनको निर्माणमा पहिलेभन्दा दुई गुणा बढी रिसाइकल्ड गरिएका सामग्री प्रयोग गरिएको छ ।
यी तिनवटै फोनको अन्तर्राष्ट्रिय बजारमा फेब्रुअरी १७ देखि बजारमा उपलब्ध भएका छन । सामसुङको ग्यालेक्सी एस २३ सिरिजले एप्पलको आइफोन १४ सँग सिधै प्रतिस्पर्धा गर्ने कम्पनीको दाबी छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित