जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे… लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा रबिन र हिमान्सु जोडी बिजयी ‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अंकितलाई, अध्यता भण्डारी फस्ट रनर अप हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न ५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी?                
समाचार :

‘गौतमबुद्ध विमानस्थल चलेन भनेर हरेश खानु भएन, रिजनल हब बन्छ’

परासी। पर्यटन व्यवसायी वसन्तराज मिश्रले भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले मुलुकको पर्यटन क्षेत्रमा ठूलो परिवर्तन ल्याउने बताएका छन्।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अहिले राम्रोसँग संचालनमा नआएपनि भविष्यमा ठूलो परिवर्तन ल्याउने बताउँदै उनले भने,’यो विमानस्थल आगामी दिनहरुमा पर्यटनका लागि एउटा ‘रिजनल हब’ मा विस्तार हुन सक्ने सम्भावना छ।’

पर्यटकका लागि पहिलो प्रवेश नै विमानस्थल भएका कारण राज्यले विमानस्थल प्रचार प्रसारलाई मुख्य प्राथमिकता दिन आवश्यक रहेको उनले जानकारी दिए।

उनले पर्यटन पुर्वाधार विस्तारसँगै तीन गन्तब्यलाई ‘मिनी गोल्डेन ट्र्याङ्गल’ बनाउन सकिने बताए। हाल विस्तार हुँदै गएको पुर्व पश्चिम राजमार्ग, संचालनमा आइसकेको थप दुईवटा अन्तर्राष्ट्रिय विमानस्थलमार्फत लुम्बिनी, चितवन र पोखरालाई ‘मिनी गोल्डेन ट्र्याङ्गल’ बनाउन सकिने मिश्रको जिकिर छ।

‘दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आइसकेका छन्। तीनवटै गन्तब्यविच पहुँच विस्तार भएसँगै पर्यटकका लागि विशेष प्याकेज तयार गर्न सकिन्छ,’उनले भने,’सुरुमै विमानस्थल चल्न सकेन भनेर हरेस खानुभएन। विमानस्थल प्रचार प्रसार नै ठूलो कुरा हो। यसमा केन्द्रित रहेर अगाडी बढ्न आवश्यक छ।’

टेम्पल टाइगर ग्रिन जंगल रिसोर्टमा आयोजित औपचारिक कार्यक्रममार्फत चितवन राष्ट्रिय निकुञ्जमा हरेक क्षेत्रमा एउटै नीति लागू गर्न आवश्यक रहेको बताए। निकुञ्जले पुर्वदेखि पश्चिमसम्म एउटै नीतिगत व्यवहार लागू नहुँदा समस्या भइरहेको मिश्रले बताए।

‘चितवनको पूर्वदेखि पश्चिमसम्म निकुञ्जमा एउटै नीति हुनुपर्छ। कर्मचारीको लहडका भरमा नीति र विभिन्न किसिमको नियम निर्धारण गरिनु प्रत्युत्पादक हुन्छ र हुनेछ,’ उनले भने,’निकुञ्ज क्षेत्रमा नियम कानुन भनेको मौखिक आदेशको आधारमा छ। कसैसँग चित्त बुझेन भने निकुञ्जको बाटो नै बन्द गरिदिने, महिनौसम्म खुला नगरिदिने, कसैसँग चित बुझेमा चाँडै खुला गरिदिने र अन्य थप सुविधा पनि प्रदान गर्ने परिपाटी हटाउनु पर्छ।’

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित