‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

लुम्बिनी : माओवादीबाट मन्त्री बनेकी कृष्णा केसीले पदभार ग्रहण गरिनन्

रुपन्देही । लुम्बिनी प्रदेशको आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएकी मन्त्री कृष्णा केसी नमुनाले पार्टीभित्रको विवाद समाधान नभएसम्म आफूले पदभार नलिने जनाएकी छन् ।

पुस २८ गते बिनाविभागीय मन्त्री बनेकी केसीले शनिबार मात्र यो मन्त्रालयको जिम्मेवारी पाएकी थिइन् । तर पार्टीभित्रको विवादबाट असन्तुष्ट बनेकी मन्त्री केसीले शनिबार नै राजीनामा दिएको विषय बाहिर आएको थियो । शनिबार मुख्यमन्त्री लीला गिरीलाई राजीनामा बुझाएको बताइएपनि पार्टी तथा मुख्यमन्त्री कार्यालयले यसलाई आधिकारिकता मानेनन् ।

मन्त्री केसी आफै पनि शनिबार र आइतबार संचार माध्यमसँग सम्पर्कमा रहिनन् । शनिबार मन्त्री केसीको राजीनामा आएको संचारमाध्यममा आएको सुनेको बताएका माओवादी प्रदेश अध्यक्ष सुदर्शन बरालले पछि भने पार्टीमा राजीनामा नआएको बताएका थिए ।

आइतबार दिउसो प्रदेशका नवनियुक्त मन्त्रीको शपथ तथा पदभार ग्रहणपछि नेपाल प्रेसको टेलिफोन सम्पर्कमा मन्त्री केसीले पार्टीभित्र संसदीय दलमा केही छलफल नभएको र केही व्यक्ति बसेर मन्त्री बनाउने, जिम्मेवारी तोक्ने काम भएको भन्दै अहिले पदभार नगर्ने जनाएकी हुन् ।

‘संसदीय दलको बैठक बसेर निर्णय भएपछि मैले के गर्ने भन्ने टुंगो लाग्छ, अहिलेको अवस्थामा म पदभार ग्रहण गर्दिन, पार्टी प्रणालीमा चल्नुपर्छ, मेरो यही विषयमा अडान हो’, उनले भनेकी छन् ।

संसदीय दलको बैठक बसेको छैन, कोही व्यक्ति बसेर कसैले शपथ लिएहोला, सबै सांसदलाई थाहा छैन, छलफल भएकै छैन, कुनै निर्णय भएकै छैन, जिम्मेवारी तोकिएकै छैन, म नेपालगन्जमा छु मलाई कसैले कुनै बैठक र कार्यक्रममा बोलाएकै छैन– मन्त्री केसीले भनिन् ।

केसीको यो अडानले पार्टीले ठोस निर्णय लिन सकेको छैन । उनले पार्टीभित्र विभेदमा परेकाले असन्तुष्ट भएर राजीनामा दिएको र त्यो समाधान नभएसम्म पदभार ग्रहण नगर्ने संकेत गरेकी छन् ।

मन्त्री केसीलाई २५ माघमा भएको राष्ट्रिय सभा उपनिर्वाचनमा सत्ता गठबन्धन दलको आधिकारिक उम्मेदारलाई भोट नदिई कांग्रेसका उम्मेदारलाई भोट दिएको उजुरी पार्टीमा परेपछि विवाद बढेको छ । तर पार्टीले नै सिफारिस गरेर एमालेसँग मन्त्रालय बाँडफाँड गरेर उनलाई जिम्मेवारी दिइएकाले यो विषय पनि आफैंमा बाझिएको छ ।

पार्टीमा दुई समूहको विवाद यहाँसम्म पुगेको माओवादीका एक नेता बताउँछन् । उनी जनार्दन शर्मा निकट हुन् तर प्रदेशमा वर्षमान पुन निकटहरुले उनलाई जिम्मेवारी दिन खोजिरहेका छैनन् तर एक मात्र प्रत्यक्षमा जितेकी महिला भएकाले पनि पार्टीले उनलाई जिम्मेवारी दिन दबाब छ ।

पार्टी हित विपरीत लागेकाले उनलाई तत्काल मन्त्रीबाट फिर्ता बोलाउनुपर्ने र अर्को विकल्पको नेतालाई पठाउनुपर्ने दबाब भएपनि माओवादीबाट महिला पठाएकाले अन्य दलबाट महिला नपठाएको र माओवादीमा पनि तत्काल अर्को महिला पठाउन पोर्टफोलियोमा समस्या पर्ने नेताहरुको भनाइ छ । विवाद मिलाउन पार्टी बैठक बसिरहेको एक नेताले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित