३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

लुम्बिनीका नवनियुक्त मन्त्रीले लिए शपथ

लुम्बिनी प्रदेशका नवनियुक्त ७ जना मन्त्रीले आइतबार पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले नवनियुक्त मन्त्रीलाई राप्ती उपत्यका देउखुरीमा पद तथा गोपनियताको शपथ खुवाएका हुन् ।

एमालेबाट मुख्यमन्त्रीसहित ५, माओवादी केन्द्रबाट ३ र अन्य साना दलबाट १/१ गरी १० जनाको मन्त्रिपरिषद् बनाइएको छ । यसअघि दुई जना मन्त्री नियुक्त भइसकेका थिए ।

माओवादी संसदीय दलका नेता जोखबहादुर महराले आर्थिक मामिलामन्त्री, इन्द्रजीत थारुले भौतिक पूर्वाधार विकासमन्त्रीको रुपमा शपथ लिए । एमालेबाट विष्णु पन्थीले स्वास्थ्यमन्त्री, दुर्गाप्रसाद चौधरीले वन तथा वातावरणमन्त्री, तुलसीराम शर्माले कृषि तथा भूमि व्यवस्थामन्त्रीको रुपमा शपथग्रहण गरेका छन् । जनमत पार्टीका चन्द्रकेश गुप्ताले सामाजिक विकासमन्त्री र राप्रपाका जानकीप्रसाद यादवले उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रीको रुपमा शपथ लिएका छन् ।

यसअघि नियुक्त भएका दुई जना मन्त्रीको जिम्मेवारी तोकिएको छ । एमालेका उपनेता चेतनारायण आचार्यलाई खानेपानी, ग्रामीण तथा सहरी विकास र माओवादी केन्द्रकी कृष्णा केसीलाई आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयको जिम्मेवारी तोकिएको छ । तर, केसी शपथग्रहण स्थलमा उपस्थित भइनन् । उनले बिनाविभागीय मन्त्रीबाट शनिबार राजीनामा दिएकी थिइन् । उनको राजीनामा स्वीकृत नगरी जिम्मेवारी तोकिएको छ ।

लुम्बिनी सरकारमा विश्वासको मत दिएका नागरिक उन्मुक्ति, जनता समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी सरकारमा सहभागी भएका छैनन् । मुख्यमन्त्री गिरीले शपथ लिएको ठीक एक महिनापछि मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् । उनले पुस २८ मा शपथ लिएका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित