निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

बुटवलमा ३ दिने दोस्रो नृत्य दिवस हुने, नाट्य शिरोमणि भैरव बहादुर थापालाई सम्मान गरिने

दोस्रो राष्ट्रिय नृत्य दिवस २०७९ को अवसरमा लुम्बिनी प्रदेशमा विविध कार्यक्रम गरी मनाईने भएको छ । नृत्य हाम्रो अभियान कला र संस्कृतिको पहिचान नारासहित स्थापना भएको नृत्य निर्देशक संघ नेपाल लुम्बिनी प्रदेशको आयोजनामा फागुन ४ देखि ६ गतेसम्म ३ दिन बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बुटवलमा रक्तदान, जुमा नृत्य, सास्कृतिक नृत्य तथा सम्मान कार्यक्रम गरी मनाईने प्रदेशका उपाध्यक्ष सुन्दर गुरुङले बताए ।

पहिलो दिन रक्तदान कार्यक्रम, दोस्रो दिन केन्द्रीय अध्यक्ष भुवन श्रेष्ठको जुमा र डान्स, दिउँसो सास्कृतिक नृत्यहरु गरिने उनले बताए । बुटवल उपमहानगरपालिका आदिवासी जनजाती महासंघ, जिल्ला समन्वय परिषद रुपन्देही, तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद जिल्ला समिति रुपन्देही, चलचित्र पत्रकार संघ रुपन्देहीको सहयोग रहेको छ । तीन दिनसम्म चल्ने कार्यक्रममा १३ लाख खर्च हुने अनुमान आयोजकको छ । पहिलो नृत्य दिवस भक्तपुर ठिमी नगरपालिकाको आयोजनामा भएको थियो । जसमा पालिकाबाट १५ लाख खर्च बिनियोजन गरिएको थियो । रुपन्देहीका विद्यालयहरुबाट सहयोग भएको उनले बताए । कलाकारलाई गहना भन्ने तर आवश्यक सहयोग नहुने गरेको उनले दुःखेसो गरे ।

कार्यक्रममा संघका सल्लाहकार मनिष पन्तले लामो समयदेखिको तयारी गरी भव्य कार्यक्रम गर्न लागेको बताए । करिब ६ महिनाअघिबाट लुम्बिनी डान्स आईकनबाट तयारी शुरु गरेको उनले बताए । प्रत्येक जिल्लाबाट १० जनाको टिम आवश्यक तयारीमा लागेर नृत्य प्रदर्शन गरिने उनले बताए । कार्यक्रमको मुख्य आकर्षकको रुपमा नेपालका नाट्य शिरोमणि भैरव बहादुर थापालाई सम्मान गर्ने कार्यक्रम रहेको उनले बताए ।

कार्यक्रममा प्रदेश उपाध्यक्ष मिना बुढाथोकीले सास्कृतिक नृत्य संरक्षणमा अघि बढेको भएपनि सरकारबाट सहयोग नमिलेको दुखेसो गरे । नेपालका नृत्य शिरोमणि ९१ वर्षीय भैरव बहादुर थापाको जन्म दिवस फागुन ६ गतेलाई नेपालमा आधिकारिक नृत्य दिवसको घोषणा हुनुपर्ने माग सरकारमा राखेको बताईन् । कार्यक्रममा चलचित्र पत्रकार संघका अध्यक्ष मोहन न्यौपाने, संघका नगर सचिव माईकल दर्लामीले ब्यावसायिक कला क्षेत्रको विकासमा सरकारको भूमिका रहनुपर्ने बताए । प्रदेशका ९ जिल्लामा ५ सय सदस्यहरु आवद्घ छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित