जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे… लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा रबिन र हिमान्सु जोडी बिजयी ‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अंकितलाई, अध्यता भण्डारी फस्ट रनर अप हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न ५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी?                
समाचार :

बुटवलको ६४ औं स्थापना दिवसमा सप्ताहव्यापी कार्यक्रम

बुटवल। बुटवल उपमहानगरपालिकाको ६४औं स्थापना दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम शुरु भएका छन् ।
स्थापना दिवसको अवसर पारेर शुक्रबारदेखि एक सातासम्म रक्तदान, मैत्रीपूर्ण फुटबल, भलिबल, टेबलटेनिस, घैटोफोर, कुर्ची दौड प्रतियोगितालगायतका कार्यक्रम शुरु भएका हुन् ।
शुक्रबार बिहान नेपाल नगरपालिका कर्मचारी एशोसिएशन इकाइ समितिको आयोजनामा रक्तदान कार्यक्रम भएको छ ।
रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै नगर प्रमुख खेलराज पाण्डेयले स्थापना दिवसको अवसरमा कर्मचारी एशोसिएशनको आयोजनामा खेलकुद कार्यक्रमहरु हुने र फागुन ३ गते मूल कार्यक्रम आयोजना हुने बताए । उनले मैत्रीपूर्ण खेलकुद कार्यक्रमहरुले मैत्रीपूर्ण भाव सिर्जना गर्ने र सम्बन्ध बलियो बनाउने विश्वास व्यक्त गरे ।
उपप्रमुख सावित्रादेवी अर्यालले सिर्जनात्मक कार्यक्रमले आपसी सम्बन्ध बलियो बनाउन मदत पु¥याउने बताईन ।
रक्तदान कार्यक्रममा ६४ पिन्ट रगत संकलन भएको कर्मचारी एशोसिएशनका अध्यक्ष अनिल कुमार माण्डब्यले जानकारी दिए ।
सप्ताहव्यापी कार्यक्रमअन्तरगत शुक्रबार अन्तरपालिका महिला भलिवल प्रतियोगिता शुरु भएका छन् । शनिबार रुपन्देही जिल्लाका १५ पालिका तथा पाल्पाको तिनाउ गाउँपालिकाका प्रमुख, उपप्रमुखसहितको टीमसँग बुटवल उपमहानगरपालिकाका प्रमुख, उपप्रमुखसहितको टीमबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरेको माण्डव्यले बताए ।
यस्तै आइतबार बिहान नेपाल पत्रकार महासंघ रुपन्देही र राजनैतिक दलहरुका बीचमा मैत्रीपूर्ण भलिबल प्रतियोगिता, महिला र पुरुष कर्मचारीबीच खुला टेबलटेनिस प्रतियोगिता, फागुन १ गते महिला जनप्रतिनिधि र महिला कर्मचारीबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता, अन्तर महाशाखा पुरुष भलिबल प्रतियोगिता कार्यक्रम रहेको ठगिश्वर पोखरेलले बताए ।
यस्तै फागुन २ गते महिला, पुरुष जनप्रतिनिधि र कर्मचारीबीच घैटोफोर, कुर्सी दौडलगायतका कार्यक्रम आयोजना गरेको उनले बताए ।
फागुन ३ गते उपमहानगरपालिकाले स्थापना दिवसको मूल समारोह कार्यक्रम आयोजना गरेको प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए ।
मुल समारोहमा उत्कृष्ट कर्मचारी, करदाता, विभिन्न क्षेत्रका व्यक्तिहरुलाई पुरस्कार वितरण र सम्मान गर्ने कार्यक्रम रहेको उनले बताए ।

 

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित