तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

पत्रकार महासंघद्धारा पत्रकारिताको अवस्थाबारे छलफल

बुटवल ।
नेपाल पत्रकार महासंघ रुपन्देहीको नेतृत्वमा गठित फ्रि मिडिया नेटवर्कमा पत्रकारिताको पछिल्लो अवस्थाका बारेमा बुधबार छलफल भएको छ । उक्त छलफलमा अन्यत्र भन्दा रुपन्देहीको पत्रकारिता जिम्मेवार र सन्तुलित रहेको निष्र्कष सहित नागरिकलाई सहि सूचना सम्पे्रषण गर्नुपर्नेमा जोड दिइएको छ ।

कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले तुलानात्मक रुपमा रुपन्देहीको सञ्चारकर्मीहरु जिम्मेवार र सन्तुलित रहेको बताए । उनले पत्रकारिताले नै मानिसहरुको धारणा निर्माण गर्ने भएकाले अत्यन्तै जिम्मेवार र संवेदनशिल हुनुपर्ने बताए । उनले लुम्बिनीमा रामकथाको बिषयमा रुपन्देहीका पत्रकारहरुले साम्प्रदायिक हिंसा भडकन नदिन राम्रो भूमिका खेलेकोमा धन्यावद दिए ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश कार्यालय बुटवलका प्रमुख सोमनाथ सुवेदी, लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई, नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष एंव सल्लाहकार डा. बालकृष्ण चापागाई, सल्लाहकार दिनेश पाण्डे, बुटवल उपमहानगरपालिका वडा न. ४ का वडाअध्यक्ष नरिश्वर पौडेल, रुपन्देही उद्योग संघका अध्यक्ष माधव प्रसाद पौडेल, इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरे, नेपाल प्रेस यूनियन रुपन्देहीका सभापती रेखा भुसाल, प्रेस चौतारी नेपाल रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेल, मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका उपसभापती कपिल ज्ञवाली, क्रियाशिल महिला पत्रकार संघका अध्यक्ष कल्पना तिवारी, उद्योग बाणिज्य संघका सदस्य जमुना पोख्रेलले बोल्दै समाजलाई सहि दिशामा हिडाउने गरि सूचना सम्प्रेषण गर्नुपर्ने बताए ।

कार्यक्रम महासंघ रुपन्देहीका अध्यक्ष ए‌व नेटवर्कका संयाेजक रामराज पोख्रेलको अध्यक्षता एंव सचिव विनोद परियारको सञ्चालनमा सम्पन्न भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित