दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

लुम्बिनीका मुख्यमन्त्रीको प्रमुख सल्लाहकारमा दधिराम, एमालेले छान्यो प्रमुख सचेतक र सचेतक

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आफ्नो प्रमुख राजनीतिक सल्लाहकारमा पार्टी पोलिब्युरो सदस्य तथा प्रदेश सहइन्चार्ज दधिराम न्यौपाने (एमएस शर्मा) लाई नियुक्त गरेका छन्।

मुख्यमन्त्री गिरीले प्रदेश सरकारका कामहरुमा राजनीतिक समन्वय र आवश्यक सल्लाह लिने गरी प्रमुख राजनीतिक सल्लाहकारमा शर्मालाई नियुक्त गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं ११ निवासी शर्मा नेकपा एमालेको दशौं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका हुन्। लामो समयदेखि नेकपा माओवादी केन्द्रमा सकृय शर्मा नेकपा विभाजन गर्ने अदालतको आदेशसंगै नेकपा एमाले रोजेका थिए । तत्कालीन नेकपा माओवादी केन्द्रको तर्फबाट लुम्बिनी प्रदेशसभामा सदस्य निर्वाचित भएका शर्माले एमाले रोजेका कारण प्रदेशसभा सदस्य पद गुमाउनु परेको थियो।

यसैगरी रुपन्देहीको ३ को १ बाट निर्वाचित सांसद तुलसी चौधरी प्रमुख सचेतकमा चयन भएका छन् । उनी सोही क्षेत्रबाट दोहोरिएर प्रदेशमा निर्वाचित भएका हुन् । एमाले संसदीय दलको बैठकले उनलाई प्रमुख सचेतकमा चयन गरेको हो ।

त्यसैगरी रेखा शर्मा दाङमा सचेतक चयन भएकी छन् । उनी समानुपातिकमा सांसद बनेकी हुन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित