निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा एमालेका कुमार दसौदी ४ हजार २६ मत प्राप्तका साथ निर्वाचित

राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेकपा एमालेका कुमार दसाैदी निर्वाचित भएका छन्।

सत्ता साझेदार दलकाे तर्फबाट एमालेका दसाैदीले मनाेनयन दर्ता गरेका थिए। दसाैदीले ४ हजार २६ मत प्राप्त गर्दै विजयी भएकाे मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए।

नेपाली कांग्रेसका माधव आचार्यले ३ हजार ७ सय २० मत प्राप्त गरे। यस्तै, नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायले १९२ मत प्राप्त गरेका छन्। प्रदेशसभातर्फ तीन मत बदर भएकाे छ।

नेकपा एमालेबाट निर्वाचित खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको पदको उपनिर्वाचन भएकाे हाे। निर्वाचनमा ३०५ जना मतदाता थिए। जसमा ३०४ मत खसेकाे थियाे ।

निर्वाचित भएका दसाैदी रोल्पा रुन्टीगढी- ५ निवासी हुन्। मनाेनयन दर्ता दसौदीको प्रस्तावकमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेल र समर्थकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेशसभा सदस्य मीनाकुमारी श्रेष्ठ थिए।

नागरिक उन्मुक्तिबाट भने स्थायी घर सल्यान भई हाल बाँकेमा बसोबास गर्दै आएका राजेन्द्रवीर राय उम्मेदवार बनेका थिए। रायको प्रस्तावकमा उन्मुक्तिका सांसद राजकुमार चौधरी र समर्थकमा प्रदेशसभा सदस्य धर्मबहादुर चौधरी थिए।

कांग्रेसबाट रोल्पाका माधवप्रसाद आचार्यले मनोनयन दर्ता गर्दा उनको प्रस्तावकमा बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्तबहादुर जिसी र समर्थकमा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरी बनेका थिए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित