३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

८ औं मणिमुकुन्द रनिङ कपः स्याङजाद्वारा पाल्पा ३–१ को सेटले पराजित

रुपन्देहीको मणिमुकुन्द भलिबल क्लब तिलोत्तमाको आयोजनामा मँगलबारदेखि सुरु भएको आठौं मणिमुकुन्द रनिङ कप भलिबल अन्तरगत बुधबारको तेस्रो खेलमा स्याङजा जिल्ला विजयी भएको छ । समूह डी मा रहेको स्याङ्जाले पाल्पा जिल्लालाई ३–१ को सेटमा जित दर्ता गरेको हो ।

स्याङ्जाले २५–२३, २५–२१, २१–२५ र २५–१९ को अंकसहित जित दर्ता गर्न सफल भएको हो । प्रतियोगितामा स्याङ्जाका सञ्जुविक्रम शाह म्यान अफ दी म्याच घोषित भएका छन् । यसअघि भएका खेलमा गुल्मी र नवलपुर विजयी भएका छन् । जिल्ला भलिबल संघ गुल्मीले नवलपरासीलाई तथा नवलपुरले बागलुङ जिल्लालाई पराजित गरेको थियो ।

नवलपुर समूह ए बाट क्वाटरफाइनल प्रवेश गरेको छ । एमा रहेका बागलुङ र म्याग्दी बीच हुने प्रतिस्पर्धापछि जित दर्ता गर्ने समूह समूह उप विजेता बन्दै क्वाटरफाइनल प्रवेश गर्ने छ । बुधबारको अन्तिम खेल म्याग्दी र बागलुङका बीच हुँदै छ ।

प्रतियोगिताको विजेताले रनिङशिल्डसहित नगद १लाख ५० हजार, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैगरी उप विजेताले १ लाख नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने तृतीय हुने समूहले ५० हजार नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैगरी सान्त्वना हुने समूहले समेत ३० हजार नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । विधागततर्फ उत्कृष्ट खेलाडीले नगद १० हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैरी बेस्ट सेटर, बेस्ट स्पाइकर, बेस्ट डिफेन्डर, बेस्ट ब्लकर तथा म्यान अफ दि म्याचलाई पनि पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष भण्डारीले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित