‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

सकियो राष्ट्रिय सभा उपनिर्वाचन, एक जना अनुपस्थित

लुम्बिनीमा बुधबार भएको राष्ट्रियसभा उपनिर्वाचनको मतदान सकिएको छ।

दाङ घोराहीको कर्मचारी मिलन केन्द्रमा बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको थियो।

निर्धारित अवधिमा प्रदेशका कुल ३०५ मतदातामध्ये ३०४ जनाले मतदान गरेका छन्।

स्थानीय तह अन्तर्गत रूपन्देहीको मर्चवार गाउँपालिकाकी उपप्रमुख आशा सिंह स्वास्थ्य उपचार गर्न भारत गएकाले उपस्थित भइनन्।

प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले दिउँसो साढे १ बजेसम्ममै ३०४ जनाले मतदान गरिसकेको बताए।

गत असोज २३ गते नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रूपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको स्थानमा बुधबार उपनिर्वाचन गराइएको हो।

राष्ट्रियसभा सदस्य चुन्न लुम्विनी प्रदेशसभाका सबै ८७ जना सांसदले मतदान गरेका छन्। स्थानीय तहका १०९ प्रमुख र १०८ उपप्रमुखले मतदान गरेका हुन्।

राष्ट्रिय सभा उपनिर्वाचनमा सत्ता गठबन्धनबाट नेकपा एमालेका कुमार दसौदी, नेपाली कांग्रेसका माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर राय प्रतिस्पर्धामा छन्।

निर्वाचन सकिए लगतै कर्मचारी मिलन केन्द्रको हलमा मतगणना सुरू हुने र एक घन्टा भित्रमै परिणाम आउने सूचना अधिकारी कुँवरले जानकारी दिए।

यस्तो छ अंक गणित
लुम्बिनी प्रदेशमा कुल १०९ पालिका छन्। ती मध्ये कांग्रेसले ४८ पालिकामा जितेको छ। एमालेले २७, माओवादीले २५, जसपाले ३, जनमोर्चा र लोसपाले २-२ तथा राप्रपा र जनता प्रगतिशीलले १-१ स्थानमा जितेका छन्।

८७ सदस्यीय प्रदेश सभामा एमालेले २९, कांग्रेसले २७, माओवादीले १०, राप्रपा र नागरिक उन्मुक्तिले ४-४, जसपा, लोसपा र जनमतले ३-३ जनमोर्चा र नेकपा एकीकृत समाजवादीले १-१ सिट जितेका छन्। यहाँ स्वतन्त्रबाट २ जनाले जितेका छन्।

प्रदेशसभा सदस्य एक जनाको मतभार ४८ र स्थानीय तहका प्रमुख उपप्रमुख मध्य हरेकको मतभार १८ हुने गर्छ।

गठबन्धन अनुसार मतदान भए एमालेका दसौदीको पक्षमा परिणाम आउने सम्भावना प्रबल देखिएको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित