तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

ब्याडमिन्टन बिजेतालाई रोटरी क्लव बुटवलले ग¥यो सम्मान

तेस्रो डिष्ट्रिक लेभल रोटरी ब्याडमिन्टन २०२२–२३ प्रतियोगितामा बिजेता दुईजना रोटरीयनलाई रोटरी क्लव अफ बुटवलले सम्मान गरेको छ ।

ब्याडमिन्टन प्रतियोगिताको भेट्रान्सतर्फ रोटरी क्लब अफ बुटवलका वसन्त थापा घर्ती र रोहित पुरीको जोडीले उपाधि जितेका थिए । उपाधि बिजेता दुवै जनालाई क्लवले बुधबार १४ सय ५० औं नियमित बैठकको अवसर पारेर सम्मान गरेको हो ।

प्रतियोगिताको फाईनल खेलमा खुल्लातर्फ धादिङले जित्दा रोटरी क्लब अफ बुटवलका वसन्त थापा घर्ती र लिलबहादुर थापाके जोडी उपविजेता बनेको थियो । त्यसैगरी रोटरी क्लब अफ बुटवलका लालमणि पन्थी र अशोक प्रधानको जोडी तेस्रो बनेको थियो ।

त्यस्तै भे«ान्सतर्फ रोटरी क्लब अफ बुटवलका बोनिन पिया र जीवकान्त काफलेको जोडी तेस्रो भएको थियो । क्लवले भेट्रान्सतर्फ बिजेता खेलाडी एवं प्रतियोगितामा उपविजेता र तेस्रो स्थान हासिल गरेका खेलाडीलाई सम्मान गरेको हो ।

बिजेता रोटरीनलाई सम्मान गर्दै क्लवका अध्यक्ष बोनिन पियाले रोटरी क्लब अफ बुटवलले खेल क्षेत्रलाई पनि महत्व दिएर अगाडि बढिरहेको बताए । बुधबारको बैठकको एजेण्डा बिजनेश रहेको थियो । बैठकमा डिजी नोमिनी छनोट प्रक्रियाका विषयमा रोटरीयनहरुले आ–आफ्नो धारणा राखेका थिए ।

क्लवका अध्यक्ष बोनिन पियाको अध्यक्षतामा बसेको बैठकमा डिष्ट्रिक गभर्नर इलेक्ट राजेन्द्रप्रसाद ध्वजूले रोटरी क्लव अफ बुटवलको छवि राष्ट्रियस्तरमै राम्रो रहेकाले यसलाई कायम गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

बैठकमा क्लवका प्रेसिडेन्ट काउन्सीलका अध्यक्ष अजयमान श्रेष्ठ, पुर्व अध्यक्षहरु नारायणप्रसाद पन्थ, सुनिल श्रेष्ठ, डा. ताराप्रसाद उपाध्याय, राजेन्द्र लम्साल, डिल्लीकुमार श्रेष्ठ, विन्ध्याकेशर जोशी, हरिप्रसाद पौडेल, अन्य रोटरीयनहरु मणिरत्न पाण्डे, खिमनारायण पराजुली, जिवकान्त काफ्लेलगायतले पनि आ–आफ्नो धारणा राखेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित