तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

लुम्बिनीमा रामकथा वाचन रोक्न माग गर्दै प्रदर्शन

शान्तिभूमि लुम्बिनी क्षेत्रमा भारतीय सन्त मुरारी बापूले रामकथा वाचन गर्ने कार्यक्रम राखेपछि सोमवार तनाव उत्पन्न भएको छ ।

संयुक्त बौद्ध धर्मालम्बी संघर्ष समितिले लुम्बिनीमा गैरबौद्ध क्रियाकलाप रोक्न माग गर्दै विरोध प्रदर्शन गरेको हो ।

उनीहरूले गैरबौद्व धार्मिक क्रियाकलाप लुम्बिनी क्षेत्रमा नगर्न आग्रह गर्दै प्रदर्शन गरेका हुन् । २१ गतेबाट गर्ने भनिएको रामकथा वाचन ३ दिन पछाडि सारेर आयोजक रामकथा प्रेमयज्ञ समितिले मंगलवारदेखि रामकथा वाचन कार्यक्रम राखेको छ ।

संघर्ष समितिले लुम्बिनीको पर्सा चोकबाट धार्मिक र सांस्कृतिक हस्तक्षेप बन्द गर्न माग गर्दै लुम्बिनी विकास कोषमा पुगेर उपाध्यक्ष भिक्षु मैत्ययको राजीनामा माग गर्दै गरेका छन् । रूपन्देहीका प्रहरी प्रमुख एसपी रवीन्द्र रेग्मीले प्रदर्शनमा तनाव उत्पन्न नभएको दाबी गरे ।

एसपी रेग्मीले भने, ‘व्यापक रूपमा प्रहरी परिचालन गरिएको छ । कथावाचन भोलिदेखि हुन्छ, रोकिँदैन ।’ लुम्बिनी विकास कोषका प्रेस सल्लाहाकार विनोद परियारले कार्यक्रम रोक्न माग गर्दै विकास कोषको कार्यालयसम्म पुगेको जानकारी दिए ।

यता लुम्बिनी विकास कोषले धार्मिक र सामुदायिक सद्भाव कायम गर्न सबैलाई अपिल गरेको छ । लुम्बिनीस्थित अन्तर्राष्ट्रिय सम्मेलन तथा ध्यान केन्द्रमा प्रवचन हुने कार्यक्रमका लागि हल प्रयोग गर्न अनुमति दिइएको विषयलाई लिएर सरोकारवाला संघसंस्थाले चासो, चिन्ता र प्रश्नहरू उठाएर विज्ञप्ति, ध्यानाकर्षण र विरोध जनाएपछि कोषले सद्भाव कायम राख्न अपिल गरेको हो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित