तिलोत्तमा नगरपालिकाद्वारा सुलभ फार्मेसी सञ्चालन रास्वपा बुटवल सभापतिमा राजन, तिलाेत्तमामा रुस्तम र सैनामैनामा लक्ष्मण निर्वाचित बाजा नबजाउने गाउँ, यसरी चिच्याउने चलन || Palpa Satyawati Bajai video घरभित्र अर्को घर बनाउने अनौठो चलन || गुल्मीको रोचक गाउँ – Video पहिरोको त्रास अन्त्य गर्ने तयारी : असोजदेखि सिद्धबाबा सुरूङमार्गबाट सवारी गुड्ने ‘बुद्धभूमि’मा बढ्यो प्रवेश शुल्क : लुम्बिनीमा कोषविरुद्ध स्थानीय र पर्यटन क्षेत्र आक्रोशित सानो शरीर, विशाल सपना : रंग र सङ्घर्षले कोरेको गंगा आर्ट्सको कथा बुटवलमा आजदेखि राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन आयोजना हुँदै मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो                
समाचार :

प्रतिगमनको खतरा कायम रहदा सम्म गठबन्धन रहन्छ–प्रचण्ड

बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमनको खतरा कायम रहदा सम्म यो गठबन्धन जारी रहने बताएका छन् । उनले चुनाव सम्म मात्र गठबन्धन आवश्यकता नरहेको भन्दै देशमा अझै पनि प्रतिगमनको खतरा भइरहेकाले प्रतिगमनको खतरा कायम रहदा सम्म गठबन्धन जारी रहने बताए ।
बुटवलमा भएको संयुक्त चुनावी प्रशिक्षण कार्यक्रममा बोल्दै उनले अहिले सवै एउटै डुंगामा भएको र जिते सवैले जित्ने तथा हारे सवैले हार्ने भएकाले गठबन्धन बीचमा कुनै पनि शंका हुन नहुने बताए । साथै उनले संविधानको रक्षा, स्थायी विकास र निर्माणको निम्ती गठबन्धन अहिलेको आवश्यकता रहेको बताए ।
अहिलेको निर्वाचनमा दुई गठबन्धन बीच व्याटल हुन लागेको भन्दै देशलाई प्रतिगमन तर्फ लैजाने गठबन्धन र देश विकास तर्फ लैजाने गठबन्धनलाई जनताले चुन्नुपर्ने बताए ।
साथै उनले नेकपा भित्र खवरदारी गर्दा गर्दै बहमुतको सरकारले सुसासन दिने, विकास दिनेको सट्टा निकै ठुलो आहंकारी बनेको, सुनियोजित तरिकाले भ्रष्टचार भएपछि हामीले त्यसका विरुद्ध आफुहरुले आवाज उठाएको बताए । ‘यस्तो सोच विरुद्ध पार्टीभित्र संघर्ष गर्ने कोसिस गरेका थियौ । त्यो कोसिसलाई संसद विघटन गरेर जवाफ दिने काम भयो । पार्टी भित्र पराजय देखेपछि जनताको सार्वभौम संस्थालाई विघटन गराएर पार्टी भित्रको संघर्षको बदला लिने कार्य भयो । त्यो देशलाई प्रतिगमन तर्फ लैजाने कार्य नै थियो ।’ उनले भने ।
प्रतिगमनलाई परास्त गर्न धेरै मेहनत पछि यो गठबन्धन बनेको बताउँदै एकाधिकारबाद लाई तोडन् पार्टीभित्र र बाहिर बाट पराजित गर्ने गरी गठबन्धन बनेको बताए ।

‘हामी गठबन्धनका नेताहरु चुनाव जित्नका लागि मात्र होईन, राष्टको रक्षा, गणतन्त्रको रक्षाको निम्ती यो गठबन्धन गरेका ाहौ । बैचारिक धरातलमा गठबन्धन बनाएका छौ ।’ उनले भने ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित