तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

पर्यटनमन्त्री भएपछि सुदन किराँती पहिलो पटक लुम्बिनीमा, मायादेवी मन्दिरको दर्शन

संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री सुदन किराँती लुम्बिनी आएका छन्। मन्त्री भएपछि पहिलो पटक लुम्बिनी आएका उनले साँझ मायादेवि मन्दिरको दर्शन गरेका छन।

किराँतीले मन्दिर परिसरमा दीप प्रज्जवलन गरेर मन्दिरभित्र रहेको मार्कन स्टोन, अशोक स्तम्भ, पुष्करणी ताल, पवित्र बगैँचा र शान्तिदिप क्षेत्रको जानकारी तथा अवलोकन गरे।

सो अवसरमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तयले लुम्बिनि र बुद्वका बारेमा मन्त्रीलाई जानकारी गराएका थिए।

मन्त्री किराँतीले कोषका पदाधिकारी तथा विभिन्न शाखाका प्रमुखहरूबाट लुम्बिनीमा भईरहेका काम र बुद्व जन्मस्थलको ईतिहास, पर्यटकका लागि दिईने सुविधाका बारेमा चासो राखेका थिए।

अवलोकनमा क्रममा कोषका उपाध्यक्ष भिक्षु मैत्तय सहित पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारी, कोषाध्यक्ष सिद्विचरण भट्टराई, सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई लगायतको उपस्थिति थियो।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित