तिलोत्तमा नगरपालिकाद्वारा सुलभ फार्मेसी सञ्चालन रास्वपा बुटवल सभापतिमा राजन, तिलाेत्तमामा रुस्तम र सैनामैनामा लक्ष्मण निर्वाचित बाजा नबजाउने गाउँ, यसरी चिच्याउने चलन || Palpa Satyawati Bajai video घरभित्र अर्को घर बनाउने अनौठो चलन || गुल्मीको रोचक गाउँ – Video पहिरोको त्रास अन्त्य गर्ने तयारी : असोजदेखि सिद्धबाबा सुरूङमार्गबाट सवारी गुड्ने ‘बुद्धभूमि’मा बढ्यो प्रवेश शुल्क : लुम्बिनीमा कोषविरुद्ध स्थानीय र पर्यटन क्षेत्र आक्रोशित सानो शरीर, विशाल सपना : रंग र सङ्घर्षले कोरेको गंगा आर्ट्सको कथा बुटवलमा आजदेखि राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन आयोजना हुँदै मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो                
समाचार :

देउवाले भने–गठबन्धन अहिलेको अपरिहार्य हो, कसैप्रति शंका नगर्नुस

बुटवल । प्रधानमन्त्री शेर बहादुर देउवाले अहिलेको गठबन्धन अपरिहार्य रहेको भन्दै मंसिर ४ गते पछि पनि गठबन्धनकै सरकार बन्ने बताएका छन् । बुटवलमा भएको संयुक्त चुनावी प्रशिक्षण कार्यक्रममा बोल्दै देउवाले संविधान, गणतन्त्र स्थापित गर्ने गरी यो गठबन्धनलाई अझै १०÷२० बर्ष सम्म लैजाने बताए । ‘गठबन्धनलाई कुनै पनि बाहनामा एकअर्का पार्टी बीच शंका उपसंका गर्ने छुट छैन । यो अहिलेको आवश्यकताले गठबन्धन बनेको हो । हामीले उदार दिलका साथ हामी माओवादी पक्षका लाग्नुपर्छ, समाजबादीको पक्षमा लाग्नुपर्छ । एकअर्कालाई विश्वास दिलाउनुपर्छ ।’ उनले भने ।
साथै उनले अहिले संघिय व्यवस्थालाई खतम पार्ने र गणतन्त्रलाई कमजोर बनाउने प्रयास भइरहेको भन्दै संघियता, गणतन्त्र बचाउन र संविधानको रक्षाका लागि गठबन्धनको आवश्यकता रहेको बताए । ‘अहिलेको बेला हाम्रो गठबन्धन छ, उहांहरुले मलाई सम्मान गरेर प्रधानमन्त्री बनाउनुभएको छ । कांग्रेसको जिम्मेवारी गठबन्धन बलियो बनाउने भन्नेछ । अहिले पार्टी गठबन्धन जो छ, यसलाई बचाउन अति आवश्यक छ । यसका लागि कुनै पनि किसिमको शंका, उपशंका गर्ने ठाउँ दिनुहुदैन ।’ उनले भने ।
नेपाली कांग्रेसका सभापती समेत रहेका देउवाले गठबन्धनका कारण धेरैले चुनावमा टिकट नपाएको भन्दै अन्य स्थानमा पनि टिकट नपाएकाहरुले अवसर पाउने बताए । ‘अहिले सवैलाई टिकट चाहिएको छ। गठबन्धन छ जितिहाल्छु भन्ने छ । गठबन्धनले जित्छु भन्नु आशा पनि होला । सवैलाई आग्रह छ, धेरै ठाउँमा स्थान छ । आज नपरे भोली पर्न सक्छ । राजनितीक नियुक्ती हुन सक्छ । त्यसैले अहिलेको स्टमको रक्षा गर्न अति आवश्यक छ ।’ उनले भने ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित