रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे  उद्योग, समाजसेवा र राजनीतिलाई जोड्दै : बुटवलका उद्योगी एजाज आलम को हुन् ?                
समाचार :

चुनावले भ्रष्टाचार बढायो – दुर्गा पौडल

 

बुटवल । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले चुनावले भ्रष्टाचार बढाएको बताएकीछन् चुनाव जित्न ठुलो खर्च गरेकाहरुले विकासको बजेटमा भ्रष्टाचार गर्ने दावी गरिन ।

राष्ट्रिय जनमोर्चा प्यूठान– रुपन्देही सम्पर्क समितिले शनिबार बुटवलमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले भनिन्– भ्रष्टाचारविरुद्व नागरिक आन्दोलन आवश्यक छ ।

चुनाव जित्न ठूलो धनराशी खर्च गरेकाहरु अहिले त्यही पैसा उठाउन भ्रष्टाचारमा लागेकाले आमनागरिकलाई सचेतहुन नेतृ दुर्गा पौडेलको आग्रह छ ।

उनले मुल नीतिको नीति राजनीति बिग्रेकाले देश राजनीतिक रुपले संकटमा परेको तर्क गरिन् ।

देशको आर्थिक अवस्थाले संघीयता धान्न नसक्ने उल्लेख गर्दै स्थानीय तहलाई अधिकार सम्पन्न गराएर प्रदेश खारेज गर्नुपर्ने बताइन ।

लुम्बिनी प्रदेश सांसद तारा थापाले संघीयता र भ्रष्टाचारले देश आर्थिक संकटमा परेको बताउंदै मुलुकको लागि संघीयता असफल भैसकेको बताइन ।

संघीयता, नागरिकता विद्येयक, एमसीसीका कारण राष्ट्रियता कमजोर भएको र विदेशी हस्तक्षेप बढेको उनको तर्क छ ।

राष्ट्रिय जनमोर्चाका नेता बासुदेव पोखरेलले नेपालको राजनीतिमा अमेरिका हस्तक्षेप बढेको बताए ।

केन्द्रिय सदस्य नेता पोखरेलले संसदबाट एमसीसी पास भएसंगै नेपालको राजनीतिमा अमेरिकाको हस्तक्षेप बढेको दावी गरे ।

चीनका विरुद्व लड्न नेपालको भूमि प्रयोगका लागि अमेरिकाले विकासको नाममा एमसीसी संसदबाट पास गराएको उल्लेख गर्दै अब अमेरिका एसपीपी परियोजना पास गराउने दाउमा रहेको दावी उनले बताए ।

राष्ट्रिय जनमोर्चा प्यूठान– रुपन्देही सम्पर्क समितिका अध्यक्ष कृष्णबहादुर जीसीको अध्यक्षता, शंकर पोखरेलको सञ्चालन र केपी पोखरेलको स्वागतमा कार्यक्रम भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित