‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

लुम्बिनी प्रदेशका सांसद भन्छन्- विकास बजेटको खर्च भएन

लुम्बिनी प्रदेश सरकारको शुक्रबारको बैठक नागरिक उन्मुक्ति पार्टीका सांसदहरुले केहीबेर अवरुद्ध गरेका छन् । सभामुख तुलाराम घर्तीले बैठक सुरु गरेलगत्तै नागरिक उन्मुक्ति पार्टीका सांसदहरु उठेर विरोध जनाएपछि सभामुखले आफ्नो कुरा राख्न आग्रह गरेका थिए ।

प्रदेशसभाको विशेष समयमा नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता धर्म चौधरीले यसअघिको सरकारले झुटा मुद्दा फिर्ता लिने भनेर सहमति गरेको विषयमा अहिले छानिछानी थारु सांसदहरुलाई पक्राउ गरेको र त्यसैअनुसार प्रतिनिधिसभा सांसद अरुण चौधरीलाई पक्राउ गरेको भन्दै विरोध जनाएका थिए ।

१५ मिनेटका लागि स्थगित बैठक पुनः सुरु भएको थियो । शुक्रबारको बैठकमा प्रदेशसभा सदस्यहरुले चालु आर्थिक वर्षको आधा समय सकिँदासम्म विकास बजेटको खर्च न्यून रहेको, प्रदेशमा १ लाख ५० हजार टनमध्ये ६० देखि ७० हजार कृषि सामग्रीले खरिद गर्ने र बाँकी प्रदेश सरकारले जीटूजी प्रणालीबाट समयमै खरिद गरी किसानसमक्ष पुर्‍याउन, किसानले मल आयात बेला बैंकहरुको चर्को ब्याजका कारण नागरिक आत्महत्याको बाटो राज्न थालेको, सरकारले पूर्णता पाउन नसकेको र सरकारले नीति निर्माण र विकासको गति लिन नसकेको भन्दै ध्यानाकर्षण गराएका थिए ।

शुक्रबारको बैठकमा सांसदहरुले बोलिसकेपछि मुख्यमन्त्री लीला गिरीले महालेखा परीक्षकको वार्षिक प्रतिवेदन पेस गर्ने र कार्य व्यवस्था परामर्श समितिमा रहने सदस्यहरुको नाम मनोनयन गर्ने कार्यसूची थियो ।

प्रदेशसभा बैठकमा पेस हुने बैठकको कार्यसूची निर्धारण, प्राथमीकता निर्धारण र सरकारलाई सुव्यवस्थीत ढंगबाट सञ्चालन गर्न कार्य व्यवस्था परामर्श समिति बनाइएको छ । समितिमा तुलसीप्रसाद चौधरी, रत्नबहादुर खत्री, बसीउद्दिन खाँ, जन्मजय तिमिल्सिना, इन्द्रजित थारु, मीनाकुमारी श्रेष्ठ, राजकुमार चौधरी, अम्बिका काफ्ले, सुमन शर्मा रायमाझी, सन्तोषकुमार पाण्डेलाई सभामुख तुलाराम घर्तीले मनोनय गरेका थिए ।

समितिमा सभामुख अध्यक्ष उपसभामुख पदेन उपाध्यक्ष र प्रदेश मामिला हेर्ने मन्त्री पदेन सदस्य रहने व्यवस्था छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित