तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

अखिल नेपाल किसान महासंघ देवदह नगरकमिटिमा नयाँ नेतृत्व

अखिल नेपाल किसान महासंघ देवदह नगर कमिटीको प्रथम सम्मेलन सम्पन्न भएको छ । सम्मेलनबाट विष्णु प्रसाद ज्ञवालीको अध्यक्षतामा २५ सदस्यीय नयाँ कमिटि गठन गरिएको छ ।जसको उपाध्यक्षमा काशीनाथ न्यौपाने, सचिवा निर्मला पाण्डे, सह सचिवमा दामोदर चौधरी र कोषाध्यक्षमा सोभा क्षेत्री चयन भएका छन् ।
सर्वसम्मत रुपमा गठन गरिएको समिति आगामी २ बर्ष सम्मका लागि क्रियाशिल रहने छ । कमिटीका अध्यक्ष वोम बहादुर गुरुङ्गको अध्यक्षता र नेकपा एमालेका लुम्बिनी प्रदेशका सदस्य तथा किसान महासंघ का सचिव महेन्द्र गिरीको प्रमुख आतिथ्यमा सम्मेलन भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि ले अव किसान महासंघ ले प्राविधिक यान्त्रिकण उत्पादन का आधारमा अनुदानका कार्यक्रम हुनु पर्ने र अवको अभियान सुरु गरिने बताएका थिए ।
कार्यक्रममा देवदह नरपालिकाका देवदह नगरपालीकाका प्रवक्ता तथा वडा  नं. ५ का अध्यक्ष गणेश डुम्रेले किसान मैत्री नगर बनाइने कुरामा प्रतिवद्ध रहने कुरा बताउँदै आगामी दिनमा अझ कृषि र पशुपालन क्षेगमा – उत्कृष्ट नगरपालिका बनाउने भनाई राखेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित