विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे  उद्योग, समाजसेवा र राजनीतिलाई जोड्दै : बुटवलका उद्योगी एजाज आलम को हुन् ? संघर्षबाट सम्भावनासम्म : विश्वदीप पाण्डेको राजनीतिक यात्राको नयाँ अध्याय इन्टलेक्च्युअलका विद्यार्थीको जिज्ञासा र न्यायाधिवक्ताको जवाफ: ‘भोलिका नेता’का लागि विधिको शासनको पाठ सुप्रिम सहकारी पीडितको व्यथा: रकम फिर्ता मागे रास्वपाबाट बहिस्कारमा पर्ने डर तम्घास–सिमलटारी सडकमा पक्की पुल : दशकौँको प्रतीक्षा अन्त्य, गुल्मीको विकास यात्रामा नयाँ मोड गोकर्णको नेता कार्यकर्तालाई आग्रह ‘मन जित्ने तर्क, शिष्टता र शालिनता देखाउनु’                
समाचार :

बंगुर पालनमा विविधिकरण ल्याउनुपर्नेमा जोड

पछिल्लो समयमा बंगुर व्यवसाय नै पलायन हुन थालेको भन्दै सरोकारवालाहरुले बंगुर पालनमा विविधिकरण ल्याउनुपर्नेमा जोड दिएका छन् । आर्थिक मन्दी संगै मानिसहरुले बंगुर पालनका लागि पाठा पाठी खरिद गर्न छाडेको, बजारमा बंगुरको मासुको पनि माग कम रहेको कारणण् बंगुर व्यवसाय नै पलायन हुने अवस्था आएको भन्दै अव यसलाई विविधिकरण गर्नुपर्नेमा जोड दिइएको हो ।

पशुपंक्षि तथा मत्स्य निर्देशनालय बुटवलको आयोजानमा भएको पशुंक्षि सञ्जालहरु संगको अन्तरक्रिया(बंगुरपालन) कार्यक्रममा बोल्दै प्रदेशको कृषि तथा भुमि व्यवस्था मन्त्रालयका पुर्व महाशाखा प्र्र्रमुख तथा पशुपंक्षि विज्ञ तुलसीराम भण्डारीले अव किसानले उत्पादनमात्रै भन्दा पनि बंगुरको विभिनन परिकार बनाएर बजारीकरण गर्नु पर्ने बताएका हुन ।

उनले केही समय देखि बंगुर पालन व्यवसाय फष्टाएको भएपनि अहिले आएर बंगुर को खपत बजारमा न्युनरहेको भन्दै उनले अव व्यवसायीलाई विविधिकरण गर्दै बिकल्प बंगुरको मासुका विभिन्न परिकार बनाएर विक्रि गर्नुपर्ने, पोर्क रेष्टुरेन्ट सञ्चालन गर्ने, मासुको अचार बनाउने, मासुलाई स्मोक गरी भण्डारण गर्ने, मासु लाई ब्रान्डीङ्ग गरी विदेश सम्म निर्यात गर्न सक्ने गरी योजना बनाउन आवश्यक रहेको उनले बताएका थिए ।

उनले यसको लागि स्थानीय तह, प्रदेश सरकारले समेत हातेमालो गर्नुपर्ने बताएका बताएका थिए । अर्का विज्ञ तथा कृषि तथा भुमि व्यवस्था मन्त्रालयका पुर्व महाशाखा प्रमुख डा. प्रदिप शर्मा पौडेलले एक जना किसानले बंगुर पाठापाठी विक्रिका लागि पालना गरेका सोहीको सिको गर्दै अन्य किसानले समेत पाठा पाठी नै पाल्ने सस्कृती रहेको भन्दै यस्लाई चिर्नको लागि भिन्दा भिन्दै किसानले भिन्दा भिन्दै प्रयोजनका लागि बंगुर पालना गर्नुपर्ने बताएका थिए ।

उनले बंगुर मासुका लागि बजारीकरण गर्दा १० देखि १२ महिना भित्रमा बजारमा पठाउन आवश्यक रहेको भन्दै जुन स्वादका लागि समेत राम्रो हुने बताएका थिए । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै उनले दानामा आधारिरहेर बंगुर पालन गर्दा अहिले लागत बढे्को र लागत अनुसारको प्रतिफल प्राप्त नभएको अवस्थामा घाँसमा आधारित बंगुर पालनमा जोड दिनुपर्ने बताएका थिए । उनले बंगुर फार्महरुले घासमा आधारित रहेर बंगुर पाल्दा दिनमा एक पटक मात्रै घाँसलाई दानाको रुपमा उपलब्ध गराउँदा त्यसले बंगुरको स्वाथ्य समेत राम्रो हुने, मासु समेत स्वादीलो हुने भएको कारण यो तर्फ किसानले विकल्प प्रयोग गर्नुपर्ने बताएका थिए ।

बर्सिम, लुसन घाँस,जै घाँस, क्लोफरा घाँस, बदामे घाँस लगायतका घाँस बंगुलाई खुवाउँदा अन्यको तुलनामा ६० प्रतिशत सम्मको उच्च ग्रोथ रेट प्राप्त भएको उनको भनाई रहेको थियो ।

पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालय बुटवलका नि.प्रमुख डा. परवेज आलमले बंगुर व्यवसायीहरुको प्रर्वद्धनका लागि बुटवल उद्योग बाणिज्य संघ द्धारा आयोजना हुन लागेको कृषि मेलामा ‘पोर्क फेष्टिभल’ आयोजनागर्न लागिएको बताए । उनले यसको लागि बंगुर व्यवसायी महासंघ लुम्बिनी प्रदेश संगको सहकार्यमा उक्त कार्यक्रम आयोजना हुने र अन्तरक्रिया, गोष्ठी समेत सञ्चालन हुने बताएका छन ।

लुम्बिनी प्रदेशले केही समय पहिला प्रति बर्ष ५ हजार बंगुरका पाठा पाठी अन्य प्रदेशमा निर्यात गर्दै आएको थियो । १९ हजार मेट्रिक टन बंगुरको मासु उत्पादन हुँदै आएको यो प्रदेशमा अहिले भने मासुको संख्या घटेको छ । अन्तरक्रियामा कृषि तथा भुमि व्यवस्था मन्त्रालयका निमित्त सचिव शिव प्रसाद अर्याल, अनुगमन तथा योजना महाशाखा प्रमुख शालीकराम गौतम, कृषि तथा वन विज्ञान अनुसन्धन पक्लिहवा कृषि क्याम्पसका प्रध्यापक डा. सम्भु झा लगायत बंगु व्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष टिला बहादुर सुर्यबंशी लगायतले आ आफ्नो भनाई राखेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित