तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

यो कस्तो चलखेल ! दुर्घटनामा ‘नक्कली चालक’ बनाउने प्रयास

ट्याक्टर दुर्घटना गराएको नक्कली चालक खडा गराएर जेल पठाउने तयारी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पाल्पाले सवारी धनीलाई पक्राउ गरेको छ । यस्तै, दुर्घटना गराउने ट्याक्टर चालक र नक्कली चालकलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले ‘नक्कली चालक’ भन्सार कुमाल, चालक बगनासकाली गाउँपालिका–६, का १९ वर्षीय थमनबहादुर थापा र सवारी धनी रम्भा गाउँपालिका–१, हुँगीका ४१ वर्षीय डिल्लीराम अर्याललाई पक्राउ गरेको हो । गत पुस २४ गते कालीगण्डकी करिडोर अन्तर्गत रम्भा गाउँपालिका–३, निकीचौरमा ट्याक्टर दुर्घटना हुँदा रम्भा गाउँपालिका–१, हुँगीका १७ वर्षीय विशाल थापाको मृत्यु भएको थियो ।

ट्याक्टर दुर्घटनामा सवारी धनीले रामपुर नगरपालिका–१०, गेझाका ३४ वर्षीय भन्सार कुमाललाई चालकका रुपमा तयार पारेर प्रहरीकोमा प्रस्तुत गरेको प्रहरी अनुसन्धानबाट खुलेपछि उनीहरुलाई पक्राउ गरिएको पाल्पा प्रहरीले बताएको छ । घटनामा सवारी धनी अर्यालले नक्कली चालक कुमाललाई आर्थिक प्रलोभन देखाएर चालक बनाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्र थापाले जनाए ।

‘कुमाललाई नक्कली चालक बनाएर अर्यालले नगद १ लाख दिने सहमति गरेका थिए । उनलाई पेस्की स्वरुप २५ हजार दिइसकेको अनुसन्धानका क्रममा खुलेको छ’, थापाले भने । पक्राउ परेका तीनै जनालाई जिल्ला अदालत पाल्पाबाट म्याद थप गरेर अनुसन्धान कार्य जारी रहेको प्रहरीले बताएको छ । चालकको चालक अनुमति पत्र नभएपछि नक्कली खडा गर्ने प्रयास गरिएको बुझिएको छ ।

चालक अनुमति पत्र नै नभएका व्यक्तिले चलाएको सवारीको दुर्घटनाबाट कसैको ज्यान गएमा यातायात व्यवस्था ऐन २०४९ अनुसार कम्तीमा ३ वर्षदेखि जन्म कैदसम्मको सजाय हुने कानुनी व्यवस्था छ । सजायँबाट जोगिन उनीहरुले नक्कली चालक खडा गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित