तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

सामूहिकको स्थापना दिवसको अबसरमा गरिएको रक्तदान कार्यक्रममा ४० युनिट रगत संकलन

सामूहिक विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड तिलोत्तमा–३ शंकरनगरको २९ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सुरेन्द्र कुमार वर्माको भएको कार्यक्रममा जम्मा ४० युनिट रगत संकलन भएको थियो । रक्त सञ्चार सेवा केन्द्र वुटवलको प्राविधिक सहयोग तथा नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमा शाखा एवं यस क्षेत्रका विभिन्न स्थानीय क्लवहरुको सहयोगमा सम्पन्न भएको कार्यक्रममा धेरैपटक रक्तदान गर्ने पूर्णचन्द्र सुवेदी (७५ औं पटक) तथा पुरुषोत्तम आचार्य (१८ औं पटक) लाई सम्मान गरिएको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष सुरेन्द्रकुमार बर्मा र सचिव मिनप्रसाद पोख्रेलले पनि मन्तव्य व्यक्त गरेका थिए भने सल्लाहकार चूडामणि खरेल, खुमाकान्त पौडेल सञ्चालक समितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु, लेखा सुपरीवेक्षण समितिका सदस्यहरु तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

 कार्यक्रममा वोल्दै संस्थाका अध्यक्ष बर्माले संस्थाले नियमित रुपमा यस्ता सामाजिक कार्यक्रमको आयोजना गर्दै आईरहेकोमा कार्यक्रम सफल वनाउनका लागि सहयोग पुर्याएकोमा सहयोगी संस्थाहरु लगायत रक्त सञ्चार सेवा केन्द्र वुटवललाई धन्यवाद व्यक्त गरेका थिए । २०५० साल माघ १७ गते २६ जना शेयर सदस्य र जम्मा रु २६ सय शेयर पुँजी संकलन गरी शुरुवात भएको यो सहकारीमा हाल करीव १० हजार शेयर सदस्य तथा ३ अर्व १५ करोड वासलात रहेको संस्थाका सूचना अधिकारी इश्वरी मरासिनीले जानकारी दिए । लुम्विनी प्रदेशमा कारोवारको हिसावले सवैभन्दा ठूलो सहकारीको रुपमा परिचित यस सहकारी संस्थाले सामाजिक, आर्थिक क्षेत्रमा महत्वपूर्ण योगदान गरेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित