दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

कर छुट गर्न पुनःप्रयोग योग्य वस्तु व्यवसायीको माग

 

बुटवल । पुनःप्रयोग योग्य वस्तु व्यवसायी संघमा आवद्व व्यवसायीले कर छुट गर्न सरकारसंग माग गरेका छन् ।

घरघरमा खेर गएका समान तथा वस्तुहरु संकलन गरेर उद्योगहरुलाई कच्चा पदार्थ पुराउने व्यवसायीलाई तिनै तहका सरकारले करमा छुट दिनुपर्ने बताए । नेपाल पुनः प्रयोग वस्तु व्यवसायी संघ रुपन्देहीको शनिबार बुटवलमा आयोजित पद हस्तान्त्रण तथा सफथ ग्रहण कार्यक्रममा बोल्ने व्यवसायीले सरकारसंग कर छुटको माग गरेका हुन् ।

कार्यक्रममा बोल्दै नेपाल पुनः प्रयोग वस्तु व्यवसायी संघ रुपन्देहीका अध्यक्ष भगवती जैशवालले सरकारले कर छुट गरेर पुनः प्रयोग वस्तु व्यवसायीका व्यवसायलाई उद्योग सरहको मान्यता दिन माग गरेका छन् ।

कचडा समानहरु खरिद गरी व्यवसाय सञ्चालन गरेको बताउंदै जग्गाको अभावले व्यवसाय संकटमा परेको गुनासो गरे ।

कचडा तथा कवाड समानहरु संकलन गरी गुजरा चलाउने व्यवसायीका पसलहरुमा वडा कार्यालयहरुले ताला लगाइदिने काम गरेको गुनासो गर्दै यस्तो ज्यादती नगर्न स्थानीय सरकारहरुलाई आग्रह गरे ।

उक्त कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालकाका मेयर खेलराज पाण्डेले सबै पेशा व्यवसायलाई सहज हुनेगरी उपमहानगरपालिकाले समान रुपमा सहयोग गर्ने प्रतिवद्वता जनाए ।

बैज्ञानिक रुपमा करको दायरा कायम गर्ने बताउंदै व्यवसाय सञ्चालनका लागि वैकल्पिक व्यवस्था मिलाउने मेयर पाण्डेले बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष यज्ञ पंगेनी, रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेल, गौरीशंकर गुप्ता, जवरलाल जैशवाल लगायतले बोल्दै तीनै तहका सरकारलाई व्यवसायीका हितमा काम गर्न आग्रह गरे ।

नेपाल पुनः प्रयोग वस्तु व्यवसायी संघ रुपन्देहीमा निर्वाचित पदाधिकारी र सदस्यहरुलाई निर्वाचन अधिकृत अर्जुन कार्कीले सपथ ग्रहण गराएका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित