‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

अनेरास्ववियू लुम्बिनी बाणिज्य क्याम्पसको अध्यक्षमा योगन्द्र रायमाझी

बुटवल । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन अनेरास्ववियू लुम्बिनी बाणिज्य क्याम्पसको १५ औं अबिधेशन बाट योगेन्द्र रायमाझिको अध्यक्षतामा ४१ सदस्यीय नयां नेतृत्व चयन भएको छ ।

क्याम्पस कमिटिको उपाध्यक्षमा समिर आचार्य, राम घिमिरे, प्रतिक ज्ञवाली र सचिबमा दिपक पाण्डे चयन भएका छन् । त्यस्तै कोषाध्यक्षमा लक्ष्मण न्यौपाने, सह सचिवमा आशिष अर्याल, प्रकृति गौतम र यज्ञश्वर पाण्डे चयन भएका छन् ।

अबिधेशनको एक कार्यक्रमका बीच नेकपा एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले उद्घाटन गर्नुभएको थियो । सो अवसरमा बोल्दै उहांले विद्यार्थीको हक हितका लागि अनेरास्ववियूले महत्वपुर्ण भुमिका खेल्नुपर्ने भन्दै फागुनमा हुन लागेको स्ववियू निर्वाचनको तयारीमा लाग्न निर्देशन दिए ।

कार्यक्रममा अनेरास्ववियू केन्द्रीय सचिबालय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज बालकृष्ण पाण्डे, अनेरास्वबियु केन्द्रीय सदस्य लेखनाथ खनाल, साजन भण्डारी, अनेरास्वबियु रुपन्देही जिल्ला अध्यक्ष शेषकान्त पोखरेल, अनेरास्वबियु रुपन्देही जिल्ला उपाध्यक्ष रमेश ढकाल, अनेरास्वबियु रुपन्देही जिल्ला सचिब प्रकाश पराजुली जिल्ला सदस्य बिजय कार्कि अनेरास्वबियुका नेता दिपक चापागाई लगायतले बोल्दै अनेरास्ववियु बिद्यार्थीहरुको हक हितका निम्ती निरन्तर काम गर्ने सस्था भएको हुंदा अनेरास्बबीयुको आन्दोलनले देशमा धेरै परिबर्तन भएको बताएका थिए ।

कार्यक्रम निरज आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित