दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

तुलसीपुर उपमहानगरले ऐलानी जग्गामा बनेका घरबाट कर उठाउने

तुलसीपुर उपमहानगरपालिकाले ऐलानी जग्गामा बनेका घरबाट समेत कर सङ्कलन गर्ने भएको छ। घर र जग्गा प्रयोग गरेबापत नगर सेवा उपभोग शुल्क लगाउन लागिएको हो।

उपमहानगरपालिकाको आर्थिक विकास समितिले तयार पारेको नगर सेवा उपभोग शुल्क लगाउनेसम्बन्धी मूल्याङ्कन दर स्वीकृत गरी आगामी नगरसभाबाट स्वीकृत गरेर शुल्क लगाउने तयारी गरिएको हो। नगरसभाले अनुमोदन गरेपछि सबै वडामा कार्यान्वयन गर्ने उपमहानगरपालिकाको तयारी छ।

उपमहानगरपालिकाको नगरसभा माघ २० गते बस्ने भएको छ। कार्यपालिकाको छैटौँ बैठकले १२औँ नगरसभा बैठक माघ २० गते बस्ने निर्णय गरेको कार्यपालिका सदस्य खुशीराम चौधरीले बताए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित