३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

लुम्बिनीमा कांग्रेसले सांसदलाई प्रशिक्षण दिने

नेपाली कांग्रेसले लुम्बिनी प्रदेशमा आफ्ना पार्टीका सांसदहरूलाई प्रशिक्षण दिने भएको छ । आज कांग्रेस लुम्बिनी प्रदेश प्रशिक्षण विभागको पहिलो बैठकले सो निर्णय गरेको हो । बैठकले प्रदेश सांसद, तथा स्थानीय तहका प्रमुख उपप्रमुखहरूदेखि युवा तथा विद्यार्थीसम्मलाई प्रशिक्षण दिने निर्णय गरेको छ।

पार्टीको  सिद्धान्त,अनुशासन, राजनीतिक एवं सामाजिक विषयमा प्रशिक्षण दिने निर्णय भएको प्रदेश उपसभापति एवं प्रशिक्षण विभागका संयोजक भुवनप्रसाद श्रेष्ठले जानकारी दिए ।  उनले पार्टीका युवा तथा विद्यार्थीलाई समेत राजनीति तथा स्वरोजगारको प्रशिक्षण दिने निर्णय भएको जानकारी दिए ।

बैठकमा बोल्दै प्रदेश सभापति अमरसिंह पुनले जनप्रनिधिहरूलाई सुशासन र उनीहरूको क्षमता वृद्धिले पार्टी र राष्ट्रलाई  थप लाभ हुने गरी स्थानीय तहसम्म प्रशिक्षण सञ्चालन गर्न निर्देशन दिए ।

बैठकमा प्रदेशका महामन्त्री विक्रम खनाल, कोषाध्यक्ष प्रकाश राना, पार्टी कार्यालय मुख्य सचिव मोहनराज शर्माले प्रशिक्षणले पार्टीलाई थप चलायमान गराउन महत्वपूर्ण योगदान दिने गरी योजना बनाएर अगाडि जानुपर्ने बताएका थिए । बैठकले माघ २० गतेसम्म प्रदेशका सबै जिल्लामा प्रशिक्षण विभाग गठन गरी प्रदेशलाई जानकारी दिन निर्देशन दिएको छ ।

बैठकमा प्रदेशका १२ वटै जिल्लाका उपसभापतिहरूले आफ्नो जिल्लाको पार्टीको अवस्थाबारे रिर्पोटिङ्ग गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित