दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

पश्चिम नवलपरासीमा भारतीय तिर्थयात्री बोकेको बस दुर्घटना

पश्चिम नवलपरासीमा भारतीय यात्रु चढेका बस दुर्घटना हुँदा ४० जना घाइते भएका छन्। माघे औंशिको अवसरमा त्रिवेणीधाममा स्नान गरि फर्कने क्रममा युपी १६ एफटी ७४६६ नम्बरको भारतीय बस दुर्घटना पाल्हीनन्दन गाउँपालिका–१ रमपुरवामा दुर्घटना भएको इलाका प्रहरी कार्यालय महेशपुरले जनाएको छ।

गाडीमा भेटिएको नामावली अनुसार उक्त बसमा ६१ जना सवार थिए।

त्यसमध्ये ४० जना जति घाइते भएको प्रहरी निरिक्षक मेघनाथ चापागाइँले बताए। धेरै घाइतेहरुको अवस्था सामान्य रहेको र उनीहरुलाई परासीको पृथ्वीचन्द्र अस्पतालमा पठाइएको उनले जानकारी दिए।

बस सडक छेउको नालामा पल्टिएको थियो। भारत उत्तर प्रदेशको पिपिगञ्जबाट उनीहरु माघे औंघि मेलामा स्थान गर्न त्रिवेणी आएका थिए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित