३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

‘अपाङ्गता भएका व्याक्तिहरुको रोजगारीमा लगानी बढाउनुपर्दछ’

बुटवल।
लुम्बिनी प्रदेशका सांसद विष्णु पन्थीले अपाङ्गता भएका समुदाय अहिले पनि रोजगारीबाट विमुख रहेको भन्दै उनले सीप, क्षमता अनुसारको उचित प्रकृतिको रोजगारी सृजना गर्न सबै जनाले हातेमालो गर्नुपर्ने बताएका छन् ।

उनले अपाङ्गता भएका समुदायलाई समाजको मुलधारमा ल्याउनको लागि सबै जनाले आ आफ्नो स्थानबाट योगदान दिनुको विकल्प नभएको भन्दै उनले सबै जना मिलेर रोजगारी सृजना गरी सोही अनुसारको व्यवस्थापन गर्नुपर्ने बताएका हुन ।फाउन्ड परियोजना, द ल्याप्रोसी मिसन नेपाल बुटवल कलस्टरको आयोजनामा बुटवलमा ‘सरोकालवालाहरु सग समन्वय तथा सिकाइ र अनुभव आदान प्रदान कार्यक्रम’मा बोल्दै प्रदेश सभा सदस्य पन्थीले उक्त कुरा बताएका हुन ।

परियोजना बुटवल कलस्टरका राधा भट्राईका अनुसार कार्यक्रममा सिद्धार्थनर नगरपालिका भैरहवाका उप मेयर उमा अधिकारी, तिलोत्तमा नरपालिकाका उप मेयर जागेश्वर देवी चौधरी, राष्ट्रिय अपाङ्ग महासंघ केन्द्रीय सदस्य सावित्रा घिमिरे, प्रदेश अध्यक्ष हुमनाथ अधिकारी सहित विभिन्न उद्योग बाणिज्य संघका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
द ल्याप्रोसी मिसन नेपाल, राष्ट्रिय अपाङ्ग महासंघ र नेपाल उद्योग बाणिज्य महासंघको सहकार्यमा देशभर फाउन्ड परियोजना चलिरहेको छ । कार्यक्रममा फाउन्ड परियोजनाका निर्देशक चिरन्जीवि शर्मा, बुटवल कलष्टर प्रमुख रामदयाल यादव , फाउन्डका सल्लाहकार गुणानीधी तिवारी लगायतले आ आफ्नो भनाई राखेका थिए ।

अपाङ्गता भएका व्याक्ति र कुष्टप्रभावितहरुको क्षेत्रमा रोजगारी सृजनाका लागि फाउन्ड परियोजनाले काम गर्दै आएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित