तिलोत्तमा नगरपालिकाद्वारा सुलभ फार्मेसी सञ्चालन रास्वपा बुटवल सभापतिमा राजन, तिलाेत्तमामा रुस्तम र सैनामैनामा लक्ष्मण निर्वाचित बाजा नबजाउने गाउँ, यसरी चिच्याउने चलन || Palpa Satyawati Bajai video घरभित्र अर्को घर बनाउने अनौठो चलन || गुल्मीको रोचक गाउँ – Video पहिरोको त्रास अन्त्य गर्ने तयारी : असोजदेखि सिद्धबाबा सुरूङमार्गबाट सवारी गुड्ने ‘बुद्धभूमि’मा बढ्यो प्रवेश शुल्क : लुम्बिनीमा कोषविरुद्ध स्थानीय र पर्यटन क्षेत्र आक्रोशित सानो शरीर, विशाल सपना : रंग र सङ्घर्षले कोरेको गंगा आर्ट्सको कथा बुटवलमा आजदेखि राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन आयोजना हुँदै मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो                
समाचार :

९ बुँदे माग सहित कलिवस्तुका उखु किसान आन्दोलित

कपिलवस्तुका उखु किसानहरू आन्दोलित भएका छन् ।

उखु किसानले पाउनुपर्ने रकम नपाएको भन्दै बिहीबार ईलाका प्रशासन कार्यालय चन्द्रौटा मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएका छन् ।
आव २०७१।७२ मा प्रति क्विन्टल नेपाल सरकारले रु २५ रुपैयाँ दिने निर्णय गरे पनि अहिले सम्म नदिएको भन्दै उक्त रकमको माग गरिएको छ ।

त्यस्तै महालक्ष्मी सुर्गस मिलले किसानको रकम वाट खरिद गरेको ड्रिल मेसिन आफ्नो नाममा गरेकोले उक्त मेसिन किसान संघको नाममा गरिदिने,२०७३।७४ मा सरकारले तोकेको मूल्य भन्दा महालक्ष्मी सुर्गस मिलले कम मूल्यमा उखु खरिद गरेकोले डिफर रकम उपलब्ध गराउनुपर्ने माग राखेका छन् ।

सरकारले उखुको मूल्य वर्षे नि तोक्ने तर स्थानीय व्यापारीले किसानाई रकम नदिने गरेकाले यसमा सरकारले ध्यान दिनुपर्ने कपिलवस्तु किसान सङ्घका अध्यक्ष अनुप कुमार चौधरीले बताए ।

किसानहरूको मागमा सिचाई को व्यवस्था, किसानले ट्याक्टर खरिदमा भन्सारमा सहुलियत,चिनी मिलको स्थापना लगायतका ९ बुँदे माग गरिएको छ ।
पटक पटकको आन्दोलन पछि २०७७ साल पौष १३ गते नेपाल सरकार सँग अनुदान रकम दिने सम्झौता भए पनि कार्यान्वयन नहुँदा पुनः आन्दोलनको तयारी रहेको अध्यक्ष चौधरीले बताए ।

ज्ञापन पत्र दिँदै अध्यक्ष चौधरीले माघ २० गते सम्म पनि कुनै सुनुवाइ नभएमा माइतीघर मण्डलामा धर्ना प्रदर्शन गर्ने जानकारी दिए ।
किसानहरूले जिविको उपार्जनको रूपमा उखु खेती गरे पनि सरकारले संरक्षण गर्नुपर्ने समयमा उद्योगहरूलाई संरक्षण गरेको आरोप लगाए ।
पटक पटक आन्दोलन गर्दा समेत सुनुवाइ नभएकोले किसानहरू पीडित बन्ने अवस्थामा रहेको चौधरीको भनाई छ ।
विगतको तुलनामा उखु उत्पादन गर्ने किसानहरूको सख्या पनि घटेकोले ध्यान दिनुपर्ने बताए । शिवराज नगरपालिका ७ जवाभारी स्थित महालक्ष्मी सुर्गस मिलमा उखु बिक्री गरेवापतको रु २ करोड ५० लाख रकम किसानले रकम पाउनुपर्ने छ । मिल भने यहाँ वाट सरेर सर्लाही गइसकेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित