तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

सियारीमा सुत्केरीलाई पोषण कोसेली दिदै उपाध्यक्ष थारु

भैरहवा । रुपन्देहीको सियारी गाउँपालिकाले उपाध्यक्ष सहितको सुत्केरी महिलालाई पोषण तथा शिशु स्वागत कोशेली कार्यक्रम सञ्चालन गरेको छ ।
कार्यक्रम अन्र्तगत पालिकामा रहेका सुत्केरी आमाहरुलाई पोषण सहित नगद तथा शिशुलाई स्वागत कार्यक्रम सुचारु गरिएको हो ।
बुधबार उपाध्यक्ष तारा थारुले पालिकाको वडा नम्बर १ चिल्हीयास्थित स्वास्थ्य चौकीमा सुत्केरी आमाहरुलाई पोषण सहितको कोशेली र नगद हस्तान्त्रण गरेकी छन् ।
कोसेली झोलासहित स्वास्थ्य चौकी पुगेकी उपाध्यक्ष थारुले पोषण सहितको कोशेलीले सुत्केरी आमाहरुको मुहारमा खुशी ल्याउन मद्यत गरेको बताईन ।
पालिकाबाट उपलब्ध गराइएको कोसेली झोलामा घ्यू, टावल, सर्फ, साबुन, नेल कटर, ब्रस, कोलगेट रहेको छ । त्यसका साथै पालिकामा सस्थागत सुत्केरी गराएका आमाहरुलाई नगद रु १५०० पनि प्रदान गर्ने गरिएको पालिकाको स्वास्थ्य शाखामा कार्यरत कम्युनिटि नर्सिङ निरिक्षक ललिता पुनले जानकारी दिईन ।
उनले साउन यता सुत्केरी भएका आमाहरुलाई पोषण झोला र नगद प्रदान गरिएके बताईन ।
पालिकाबाट कोसेली पाउनका लागि वडा कार्यालयमा निवेदन दिनुपर्ने, जन्म दर्ताको प्रमाण पत्र, गर्भवती जाँच गरिएको स्वास्थ्य सस्थाको कार्ड र बुबाआमाको नेपाली नागरिकताको प्रतिलिपि हुनुपर्ने प्रावधान छ ।
सियारी गाउँपालिकाले हाल सम्म २ सय ७० जना सुत्केरी आमालाई पोषण झोला प्रदान गरेको छ । यो कार्यक्रमलाई आगामि दिनमा पनि निरन्तरता दिने पालिकाले जनाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित