लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा                
समाचार :

होङ्सी सिमेन्ट भित्रकाे भाँडभैलोले बाहिरिए नेपाली साझेदार

चिनियाँ पक्षको एकलौटी निर्णयले होङ्सी सिमेन्टको आर्थिक अवस्था निरन्तर बिग्रिँदै गएको र गल्ती सच्याउन तयार नभएपछि नेपाली साझेदारले सञ्चालक समितिबाटै राजीनामा दिएका छन्।

नेपाली सञ्चालकले होङ्सीको भविष्य नै संकटमा पार्ने गरी चिनियाँ पक्षलाई निर्णय नलिन र बोर्डबाट स्वीकृति गराएरमात्रै कार्यान्वयन गर्न बारम्बार सचेत गराउँदा पनि केही नलागेपछि उनीहरू बाहिरिएका हुन्।

होङ्सीमा नेपाली पक्षको ३० प्रतिशत लगानी छ। शारडा ग्रुपका अध्यक्ष शिवरतन शारडा र विश्वनाथ गोयल होङ्सीको बोर्ड सञ्चालक थिए भने सुशील गुप्ता वैकल्पिक सञ्चालक थिए।

होङ्सीको व्यवस्थापनले मनमौजी निर्णय गरेपछि उनीहरू लामो समयदेखि असन्तुष्ट बनिरहेका थिए।

‘नेपाली पक्षले आफैं सकिने गरी निर्णय गर्दा भोलि अप्ठ्यारो पर्छ, बजारमा इमेज बिग्रिन्छ, उधारो उठाउनै नसक्ने अवस्थामा पुग्छौं, यसौ नगरौं भन्दा नसुनेपछि बोर्डबाटै बाहिरिनु बेश हुन्छ,’ एक सञ्चालकले भने, ‘हामीले उद्योगको भविष्यलाई लिएर चिन्ता व्यक्त गर्दा अब आइन्दा त्यस्तो गल्ती नगर्ने भन्ने अनि फेरि व्यवस्थापनबाट आफूखुसी निर्णय गर्ने काम भइरहेपछि बस्नुको कुनै अर्थ भएन।’

नेपाली पक्षबाट गएका सञ्चालकहररूले दिएको राजीनामासमेत स्वीकृत भइसकेको छ। अहिले होङ्सीको बोर्डमा नेपाली प्रतिनिधि छैनन्। ‘होङ्सीभित्र अनगिन्ती समस्या छन्। उनीहररू आफ्नै खुट्टामा बञ्चरो हानिरहेका छन्,’ ती सञ्चालकले भने।

लागतभन्दा धेरै सस्तो मूल्यमा सिमेन्ट बिक्री गर्दा कम्पनीको नोक्सान थेग्नै नसक्ने अवस्थामा पुगेको छ। जसका कारण ट्रक चालक, क्लिंकर किनेको रकम, कोइला किनेको रकम, कर्मचारीको तलब नखुवाएको महिनौ भइसक्यो।

कतिपय कम्पनीले होङ्सीलाई आवश्यक मालसामान नै दिन बन्द गरिरहेका छन्। एक व्यवस्थापकका अनुसार अन्य सिमेन्ट उद्योगकाे भविष्य सकाउन लागतभन्दा सस्तो मूल्यमा सिमेन्ट बेच्ने काम भइरहेको छ, त्यो पनि बाँकीमा। लागत नै नउठेपछि तलब पाउन सकिएको छैन।

चिनियाँको दादागिरी पछि नेपाली पक्ष ६ महिनाअघि नै होङ्सीबाट बाहिरिन चाहन्थ्याे तर, आफूहरु सच्चिन तयार रहेको र हरेक निर्णय बोर्डबाट स्वीकृत भएपछि मात्रै लागू गर्ने प्रतिबद्धतापछि नेपाली पक्ष सञ्चालक बन्न तयार भएका थिए। तर, उनीहररूले बोली र कार्यशैली विल्कुलै फरक भए पनि अपजसको भारी बोक्न बस्नुको कुनै औचित्य नभएको निष्कर्ष निकाल्दै बाहिरिएका हुन्।

अहिले होङ्सीको व्यवस्थापन स्वदेशी सिमेन्ट उद्योग मार्ने र कालान्तरमा आफूमात्रै राज गर्ने नीतिसाथ अघि बढेपछि बोर्डमा विवाद सुरु भएको हो। चिनियाँतर्फका बोर्ड सञ्चालकले नेपाली सञ्चालकलाई जतिसक्दो लागतभन्दा कम मूल्यमा सिमेन्ट बेच्न चीनबाटै निर्देशन आएको जवाफ दिइरहेका थिए।

‘चीनबाट त्यस्तोखाले निर्देशन आएको छ वा छैन, त्यसबारे हामी जानकार छैनौ,’ ती सञ्चालकले भने, ‘उद्योग यति ठूलो नोक्सानमा गइसक्यो। अहिलेसम्म चीनबाट एक रुपैयाँ पनि आएको छैन। बरु, आर्थिक दायित्व नेपाली साझेदारमाथि पर्नेजस्तो अवस्था आइसकेको छ।’

चरम अस्वस्थ प्रतिस्पर्धामा होङ्सी उत्रिँदा आर्थिकरूपमा थलिन पुगेको छ। बोर्डभन्दा शक्तिशाली व्यवस्थापनलाई बनाइएको छ। नेपालमा २२ वटा क्लिंकर उद्योग छन्। ह्वासिन र होङ्सी चिनियाँ लगानीमा खुलेका उद्योग हुन्।

त्यसबाहेक २० वटा स्वदेशी लगानीमा खुलेका सिमेन्ट उद्योग छन्। तर, स्वदेशी उद्योगलाई सिध्याउन सस्तोभन्दा सस्तो मूल्यमा सिमेन्ट उधाराेमा फ्याक्ने र नेपाली उद्योग बन्द भएपछि बिस्तारै सिमेन्टमा एकाधिकार जमाउने सोचबाट अघि बढेपछि बाहिरिएको नेपाली साझेदारले बताएका छन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित