मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

लायन्स क्लव अफ बुटवल साईनको प्रथम बार्षिक उत्सव सम्पन्न

लायन्स क्लव अफ बुटवल साईनको प्रथम बार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको छ ।

क्लवका अध्यक्ष ईशु देवकोटाको अध्यक्षता, लायन्स ईन्टरनेशनल ३२५ पि का डाईरेक्टर गर्भनर नवराज न्यौपानेको प्रमुख आतिथ्यतामा बार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बौल्दै प्रमुख अतिथि न्यौपानेले सानो सानो खुसी सामाजिक कार्यबाट प्राप्ती हुने भएकाले सेवा संगै सहयोगी कार्यमा अघि बढ्न सवैलाई आग्रह गरे ।

उनले मानिसको जिम्मेवारी समाजप्रति, राष्टप्रति समेत हुने भएकाले समाजको रुपान्तरणका लागि पनि सेवक बनेर अघि बढ्नुपर्ने सुझाव दिए ।

उनले आफुहरुले गरेको सानो सहयोगले अरुमा खुसी मिल्नुका साथै अन्यलाई सहयोगको भावना जागृत गर्ने काम भएकाले सहयोगको भावना लिएर अघि बढ्न सवैलाई आग्रह गरे ।

लायन्स ३२५ पि का प्रथम भिडिजी अर्जुमान सैंजुले क्लवले पहिलो बर्षमा गरेका सामाजिक कार्यको प्रसंस्सा गर्दै अझै बढि रचनात्मक कार्य गर्न सुझाव दिए । कार्यक्रममा लायन्स ३२५ पि का सेकेण्ड भिजी एमजिएफ पुरुषोत्तम भक्त प्रधान, लायन्स ज्ञानप्रसाद पौडेल, जमुना पाण्डे, गाईड लाइनर मोहनीलाल रिजा, सल्लाहकार दिपक पन्थी लगाएतले बोलेका थिए ।


कार्यक्रममा अध्यक्षको प्रतिबेदन प्रस्तुत गर्दै अध्यक्ष ईशु देवकोटाले क्वलले पहिलो बर्षमा धेरै सामाजिक कार्यहरु गरेको भन्दै अबका दिनमा पनि अझै बढि सामाजिक कार्य गर्ने बताईन। शिक्षा, स्वास्थ्य, सहयोग प्रदान जस्ता कार्यक्रम अहिले पनि क्लवको प्राथमिकतामा परेको बताईन । क्लव स्थापनाको बर्षमा धेरै संघर्ष गर्नुपरेको स्मरण गराउंदै उनले अहिले क्लवबाट धेरै सदस्यहरुको आत्मबल बढाउने मोटिभेसनल कार्यक्रम पनि गर्दै आएको बताईन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित