तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

विष्फोटक पद्धार्थ सहित गुल्मी मालिका ४ अर्खावाङका नविनचन्द्र रेग्मी सहित २ जना बुटवलमा पक्राउ

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले हातहतियार र विष्फोटक पदार्थसहित दुईजना व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गुल्मीको मालिका गाउँपालिका वडा नम्बर ४ अर्खावाङ घर भई हाल रुपन्देहीको सैनामैना–१ पर्रोहा नविनचन्द्र रेग्मी र कन्चनपुरको भीमदत्त नगरपालिका–२ बस्ने २७ वर्षीय विश्वराज कार्की रहेका छन् ।

उनीहरुसँगबाट प्रहरीले रिभल्वर थान १, मोवाईल थान–३, ९ एमएमको गोली १४ राउण्ड, ७.६२ एमएमको गोली ४ राउण्ड, ०.२ एमएमको गोली १७ राउण्ड, तयारी डेटोनेटर थान–३, डेटोनेटर केस थान–६० लगायतका सामग्री बरामद गरेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी अभियुक्तहरु सार्वजनिक गरेको हो । प्रहरी नायब उपरीक्षक (डीएसपी) दानबहादु थापाले बुटवल–११ द्येवीनगरबाट उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । बुटवलका विभिन्न व्यवसायीहरुलाई धाकधम्की दिई ज्यान मार्नेसम्मको डर त्रास देखाएको भन्ने सूचनाका आधारमा प्रहरीले खोजतलास अघि बढाएको थियो । खोजतलासकै क्रममा अभियुक्तहरु ब्ुटवल देवीनगरबाट पक्राउ परेको डीएसपी थापाले जानकारी दिए ।

उनीहरुलाई हातहतियार तथा विष्फोटक पदार्थ कसुरमा मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित