रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य पाल्पाको तिनाउमा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण सुरु रूपन्देही ३ मा धनिराम चौधरीलाई उम्मेदवार बनाउने जनमतको निर्णय डिभोर्सको प्रमाण सार्वजनिक गर्दै लेखजंगले लेखे- सम्बन्धविच्छेद गर्ने वित्तिकै एकअर्कासँग भेट्नै नहुने हो ?                
समाचार :

पोखरा विमान दुर्घटनामा मृत्यु हुनेमा रुपन्देहीका चिकित्सक थापा

पोखरामा आइतबार भएको बिमान दुर्घटनामा ज्यान गुमाउनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ४ मा स्थायी घर भएका डाक्टर गणेश थापा पनि परेका छन् ।

पोखराको बृटिस वेलफेयर अस्पतालमा कार्यरत थापा काठमाडौंमा २ साताको तालिम सकाएर आइतबार यति एयरलाइन्सको सो बिमानमा काठमाडौंबाट पोखरा जाँदै थिए ।

तिलोत्तमा नगरपालिका वडा नं ४ डिंगरनगरस्थित सिद्धार्थ बोर्डिङ स्कुलमा एसएलसी र बुटवलकै ग्लोरियस कलेजबाट प्लस टु गरेका ३६ वर्षीय थापाले छात्रवृत्तिमा चीनमा चिकित्सा शास्त्र अध्यायन गरेका थिए। प्लस टु अध्ययनपछि चीनको जिनिङ मेडिकल युनिभर्सिटीबाट एमबीबीएस अध्ययन गरेका थापाले अस्ट्रेलियाबाट एमपीएच अध्ययन गरेका थिए।

चीन र अष्ट्रेलियाबाट अध्ययन पूरा गरेपछि केही वर्ष मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर र वीरेन्द्र सैनिक अस्पतालमा काम गरेका डाक्टर थापा अहिले ब्रिटिश वेलफेयर अस्पतालमा आवद्ध रहेका थिए। उनका बुवाआमा अहिले पनि तिलोत्तमामै बस्ने गरेका छन् भने चिकित्सक रहेकी श्रीमती रोनी महर्जन र दुई वर्षीय छोरी काठमाडांै बस्ने गरेका थिए ।

बुवा पदमबहादुर बुचा र आमा सुर्यकुमारी बुचाका एकमात्र छोरा थिए। जहाज दुर्घटनामा एकमात्र छोरा गणेशको मृत्यु भएको खबर सुनेपछि बुचा परिवारमा बज्रपात परेको छ। उनीहरु छिमेकीको साथमा छोराको शव बुझ्न काठमाडौं पुगेका छन्। उनको शव तिलोत्तमामै ल्याउने तयारी भएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित