निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

लुम्बिनीको सभामुखमा माओवादीका घर्ती र उपसभामुखमा राप्रपाकी खाँणले उम्मेदवारी दिने

लुम्बिनी प्रदेशको सभामुख र उपसभामुखका लागि सत्तारुढ दलहरु नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच सहमति भएको छ ।

सहमतिअनुसार सभामुखमा नेकपा माओवादी केन्द्र र उपसभामुख राष्ट्रिय प्रजातन्त्र पार्टीले उम्मेदवारी दिने सहमति भएको हो ।

सहमतिअनुसार आजै सभामुखका लागि माओवादी केन्द्रबाट पाल्पा २ (२) बाट प्रत्यक्ष निर्वाचित तुलाराम घर्ती र उपसभामुखमा राप्रपाकी समानुपातिक सांसद मेनुका खाँण केसीले उम्मेदवारी दर्ता गर्दैछन् ।

प्रदेश सभा सचिवालयले आज दिउँसो उम्मेदवारी दर्ता र भोलि निर्वाचन गर्ने कार्यतालिका यसअघि नै सार्वजनिक गरेको थियो ।

‘मुख्यमन्त्री एमालेले लिएको हुँदा सभामुखमा माओवादी केन्द्रले र उपसभामुखमा राप्रपाले उम्मेदवारी दिने सहमति भयो,’ सभामुखका उम्मेदवार माओवादी केन्द्रका सांसद तुलाराम घर्तीले भने, ‘तीन दलबीचको सहमतिअनुसार हामी नोमिनेसनका लागि दाङ जांदैछौं ।’

राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप उदयले पनि आफूहरुले उपसभामुख पाउने जानकारी दिए ।

८७ सदस्यीय प्रदेश सभामा सत्तारुढ गठबन्धनमा नेकपा एमालेका २९, माओवादीका १०, राप्रपा र नागरिक उन्मुक्तिका ४/४, जसपा, जनमत रलोसपाका ३/३ र दुई स्वतन्त्र सांसदहरु रहेका छन् ।

प्रदेश सभामा २७ सांसद रहेको नेपाली कांग्रेस, एक/एक सांसद रहेका नेकपा एस र जनमोर्चा गरी २९ जना विपक्षमा छन् । प्रदेश सभाको अंक गणित अनुसार घर्ती र खाँण निर्वाचित हुने निश्चित छ ।

सत्तापक्षसँग स्पष्ट बहुमत भएकाले नेपाली कांग्रेसले उम्मेदारको टुंगो लगाउन सकेको छैन । नेपाली कांग्रेस प्रदेश सांसद वीरबहादुर रानाले उम्मेदवारी दिने या के गर्ने भन्नेबारे छलफल भइरहेको बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित