शिक्षा विधेयक सच्चाउन माग गर्दै सडकमा स्कुल बस र्याली भदौ २५ गतेदेखि बुटवलमा फिस टनेल एण्ड दुबई सिटि सांस्कृतिक तथा रमाइलो मेला हुने रुपन्देहीमा दिवंगत माओवादी नेता टंकमणिको सालिक अनावरण रास्वपाले रुपन्देही ३ मा डा. लेखजंग थापालाई उम्मेदवार बनाउने  रोट्र्याक्ट क्लब अफ बुटवल डाउन टाउनको २३औं पदस्थापन तथा पदहस्तान्तरण समारोह सम्पन्न ‘बड्की आइतबार’ पर्वको अवसरमा रुपन्देहीका १४ स्थानीय तहमा आइतबार स्थानीय बिदा लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दिन मुसलमानको निधन मर्चवारको समृद्धिको जिम्मा एमालेले लिन्छ : अर्थमन्त्री पौडेल रूपन्देहीका दुई गाउँपालिकाका पूर्वअध्यक्ष लगायत एमालेमा प्रवेश निष्ठा बचत तथा ऋण सहकारीको १६ औँ वार्षिक साधारणसभाः कुल पुँजी २७ करोड पुग्यो                
समाचार :

यति एयर विमान दुर्घटनाः शव आफन्तलाई जिम्मा लगाइँदै

पोखरामा आइतबार भएको यति एयरलायन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको शव आज आफन्तलाई जिम्मा लगाइने भएको छ।

दुर्घटनामा मृत्यु भएकामध्ये पहिचान भएका शवहरू बिहान ९ बजेदेखि आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित परिवारलाई बुझाइने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए।

पहिचान नभएका, विदेशी नागरिक एवं काठमाडौंमा आफन्त भएका व्यक्तिको शव हेलिकप्टरमार्फत पठाउने तयारी गरिएको छ।

विमानमा सवार ७२ जनामध्ये हालसम्म ६६ जनाको शव सङ्कलन गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिसकिएको छ। तीनवटा शव देखिए पनि भौगोलिक कठिनाइका कारण ल्याउन नसकिएको र ६ जनाको शव अझै फेला नपरेको सहायक प्रजिअ शाहीले जानकारी दिए।

सेती नदीको अप्ठ्यारो खोँचमा विमान दुर्घटना भएको र रातको समय भएकाले उद्धारमा कठिनाइ भएसँगै आइतबार राति स्थगित उद्धार आज बिहानैदेखि सुरु गर्न लागिएको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित