कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

आमाले बनाएको बटुक खान अब कहिल्यै नआउने भइन् सृजना

माघे संक्रान्तिको दिन। छोरीलाई ज्यादै मन पर्ने बटुक काठमाडौं पठाउन तयारी गर्दै थिइन् सैनामैना-५ सेरवाकी खिमिसरा हुङचुङ।

बाबा-आमाकाे अत्यन्तै ख्याल गर्ने अनी घरकी एक्ली छोरीलाई सम्झँदै बनाएकाे बटुक र केही रोटी आज (शनिबार) साँझ जेठी बुहारीमार्फत काठमाडौं पुग्दै पनि थियो।

बिहानैदेखि एक्कासी बढेको माघे जाडोमा हतार-हतार गर्दै छोरीका लागि खिमिसरा बटुक बनाउँदै थिइन्। त्यही बेलामा पोखरा उडेको विमान खसेको खबर गाइँगुइँ चल्दै थियो।

उनले काठमाडौंबाट पोखराको लागि उडेको यती एयरलाइन्सको विमान दुर्घटनाको खबर सुनिन् जहाँ उनकी छोरी परिचारिका थिइन्।

चालकदलका चार जनासहित ७२ जना चढेको विमान बिहान सेती खाेँचमा दुर्घटना भएकाे थियाे। कोही जिवितै भेटिएलान् कि भन्ने आश हराउँदै गयो। बेलुकासम्म दुर्घटनास्ठलबाट ६८ जनाको शव संकलन भइसकेको छ। चार जना फेला परेका छैनन्।

यता सेनामैनामा यती एयरलायन्सकी विमान परिचारीका सृजना हुङचुङ (सिर्जु थापा)को अवस्था के भयो होला? भन्दै बिहानदेखि भक्कानीइरहेकी खिमिसरा पकाएर सेलाइसकेका बटुक हेर्दै रुँदै थिइन्।

उनी भन्दै थिइन्, ‘हिजो मात्र फोनमा लामो कुराकानी गर्दा धेरै बटुक चाहिन्छ है मम्मी भन्थी।’

खिमिसराका घरमा जम्मा भएका आफन्तले उनलाई सम्झाइरहेका थिए। तर आमाकाे मन किन मान्थ्याे र?

उनी रुँदै भन्दै थिइन्, ‘एउटी छाेरी, मलाई कस्ताे भाकाे छ के था? आफैं भिरबाट हाम फालेर मराैं जस्ताे भाकाे छ।’

आफू पनि छाेरीसँगै जान पाए हुन्थ्याे भनिरहेकी उनकाे दिनभरी आँसु थामिएका छैनन्। परिवारकी एक्ली छोरी सृजनाका २ दाइ १ भाइ छन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित