तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

आमाले बनाएको बटुक खान अब कहिल्यै नआउने भइन् सृजना

माघे संक्रान्तिको दिन। छोरीलाई ज्यादै मन पर्ने बटुक काठमाडौं पठाउन तयारी गर्दै थिइन् सैनामैना-५ सेरवाकी खिमिसरा हुङचुङ।

बाबा-आमाकाे अत्यन्तै ख्याल गर्ने अनी घरकी एक्ली छोरीलाई सम्झँदै बनाएकाे बटुक र केही रोटी आज (शनिबार) साँझ जेठी बुहारीमार्फत काठमाडौं पुग्दै पनि थियो।

बिहानैदेखि एक्कासी बढेको माघे जाडोमा हतार-हतार गर्दै छोरीका लागि खिमिसरा बटुक बनाउँदै थिइन्। त्यही बेलामा पोखरा उडेको विमान खसेको खबर गाइँगुइँ चल्दै थियो।

उनले काठमाडौंबाट पोखराको लागि उडेको यती एयरलाइन्सको विमान दुर्घटनाको खबर सुनिन् जहाँ उनकी छोरी परिचारिका थिइन्।

चालकदलका चार जनासहित ७२ जना चढेको विमान बिहान सेती खाेँचमा दुर्घटना भएकाे थियाे। कोही जिवितै भेटिएलान् कि भन्ने आश हराउँदै गयो। बेलुकासम्म दुर्घटनास्ठलबाट ६८ जनाको शव संकलन भइसकेको छ। चार जना फेला परेका छैनन्।

यता सेनामैनामा यती एयरलायन्सकी विमान परिचारीका सृजना हुङचुङ (सिर्जु थापा)को अवस्था के भयो होला? भन्दै बिहानदेखि भक्कानीइरहेकी खिमिसरा पकाएर सेलाइसकेका बटुक हेर्दै रुँदै थिइन्।

उनी भन्दै थिइन्, ‘हिजो मात्र फोनमा लामो कुराकानी गर्दा धेरै बटुक चाहिन्छ है मम्मी भन्थी।’

खिमिसराका घरमा जम्मा भएका आफन्तले उनलाई सम्झाइरहेका थिए। तर आमाकाे मन किन मान्थ्याे र?

उनी रुँदै भन्दै थिइन्, ‘एउटी छाेरी, मलाई कस्ताे भाकाे छ के था? आफैं भिरबाट हाम फालेर मराैं जस्ताे भाकाे छ।’

आफू पनि छाेरीसँगै जान पाए हुन्थ्याे भनिरहेकी उनकाे दिनभरी आँसु थामिएका छैनन्। परिवारकी एक्ली छोरी सृजनाका २ दाइ १ भाइ छन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित