दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

कोपाइलट अञ्जु, जसले यतीकै विमान दुर्घटनामा गुमाएकी थिइन् श्रीमान

आइतबार यति एयरलाइन्सको जहाज दुर्घटनामा परेकी कोपाइलट अन्जु खतिवडाको पहिलो श्रीमान पनि विमान दुर्घटनामै परेर ज्यान गुमाएको खुलेको छ ।

खतिवडाको माइती विराटनगर ५ का वडा अध्यक्ष सन्तोष न्यौपानेले यस्तो बताए । सन् २००६ मा जुम्लामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा उनका श्रीमान दीपक पोखरेलको निधन भएको थियो । त्यसपछि अन्जुले पाइलट पढेको वडाअध्यक्ष न्यौपानेले बताए ।

अन्जुको पहिलो श्रीमानपट्टि २२ वर्षकी छोरी रहेकी छन् । यता दोस्रो विवाहपछि भने ७ वर्षको छोरा रहेको वडाअध्यक्ष न्यौपानेले जानकारी दिए । न्यौपानेका अनुसार अञ्जुले अमेरीकामा पाइलट पढेकी थिइन् ।

यतीको एटिआर जहाज ६८ जना यात्रु सवार थिए । पाइलट कमल केसीले जहाज उडाएका थिए । चालक दलमा कोपाइलट अञ्जु खतिवडा र दुई जना विमान परिचारिका सिर्जना होङचुङ र ओसिन आलेमगर थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित