तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

भगवती टोल विकास संस्थाको साधारणसभा

बुटवल । बुटवल ११ नहरपुरस्थित भगवती टोल विकास संस्थाको नवौं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाा अध्यक्ष टोपलाल भुसालको अध्यक्षता तथा बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सो अवसरमा बोल्दै क्षेत्रले टोल विकास संस्थाकै माध्यामबाट वडालाई नमूना बनाउने अभियान सुरु भएको बताए ।
उनले बुटवल ११ सबै क्षेत्रबाट पायक पर्ने वडा रहेको बताउँदै यस क्षेत्रको विकासमा आफू सधै लाग्ने प्रतिबद्धता व्यक्त गरे । टोल विकास संस्थाका अध्यक्ष भुसालले तिनाउ नदीको कटान रोक्न पहल थाल्नुपर्ने बताए । उनले वडामा नागरिक बिश्राम स्थल निर्माण पनि आवश्यक रहेको बताए । टोलमा १४५ घरधुरी रहेका छन् । वडा सदस्य नकुल शाही ठकुरीले वडाका भित्रि सडकहरु कालोपत्रे गर्ने अभियान पनि थालिएको बताए ।
कार्यक्रममा टोल विकास संस्थाका सल्लाहकार नारायण भटटराई, नेपाल मजुदर किसान पार्टीका नेता हरि सुन्दर बासी, बुद्धनगर खानेपानी तथा उपभोक्ता संस्थाका अध्यक्ष आशिष सुर्यबंशी, दुर्गा एकता टोल विकास संस्थाका अध्यक्ष रमा ज्ञवाली लगायतले बोलेका थिए । संस्थाका उपाध्यक्ष बालकृष्ण भटटराईको स्वागत तथा सचिव श्यामलाल खनालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित