तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

लुम्बिनीको मुख्यमन्त्रीको लागि ५८ सांसद सहित लिला गिरीको दावी पेश

नेकपा एमाले नेता लीला गिरीले बुधबार मुख्यमन्त्रीको लागि दावी पेश गरेका छन । प्रदेशसभाको ठूलो दल एमाले संसदीय दलका नेता गिरीले सत्तारूढ एमाले–माओवादी सहित ५८ सांसदको संमर्थन सहित प्रदेश प्रमुख अमिक शेरचन समक्ष नयाँ सरकारको लागि दावी पेश गरेका हुन् ।
प्रदेश प्रमुख शेरचनले संविधानको दफा १६८ को उपदफा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्नका बुधबार ५ बजेसम्मका लागि समय दिएका थिए ।
५८ सांसदको हस्ताक्षर सहित गठबन्धनले दावी पेश गरेको एमाले सांसद भूमिश्वर ढकालले जानकारी दिए । गिरीले एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका ४ र नागरिक उन्मुक्ति ४, जनमत पार्टीका ३,लोसपाका ३, जसपाका ३, स्वतन्त्र २ सांसदको हस्ताक्षर छ । ८७ सदस्यीय प्रदेशसभामा बहुमतको लागि ४४ सांसद आवश्यक पर्छ । प्रदेशमा कांग्रेसका २७, र नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १–१ सांसद छन । लुम्बिनीमा आलोपालो सरकारको नेतृत्व गर्ने माओवादी र एमालेबीच सहमति भएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित