निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

‘सिरियल किलर’ दम्पती : ४ महिनामा ३ जनाको हत्या गरेपछि अन्ततः प्रहरीको फन्दामा

बुटवल : अर्घाखाँची, कपिलवस्तु र गुल्मीमा गरी ३ जना महिलाको हत्या गर्ने ‘सिरियल किलर’ भारतीय नागरिक पक्राउ परेका छन्। श्रृंखलाबद्ध रूपमा वृद्ध तथा एकल महिलाको हत्या गरी गरगहना तथा नगद लुटपाट गर्दै आएका भारतको गुडगाउँ हरियाणाका २३ वर्षीय सुशान्त सिंह र उनकी श्रीमतीलाई अर्घाखाँची प्रहरीले पक्राउ गरी आइतवार सार्वजनिक गरेको हो।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख मुकुन्द प्रसाद रिजालका अनुसार यी दम्पतीले यही पुस १७ गते अर्घाखाँचीको शीतगंगा नगरपालिका-१० बोखरकी ६० वर्षीया राधा थापा, गएको कात्तिकमा गुल्मीको इस्मा गाउँपालिका-५ की ७५ वर्षीया जीवकला थापा र गएको असोजमा कपिलवस्तुको विजयनगर गाउँपालिका-४ की ७० वर्षीया योगमाया गैरेको समेत हत्या गरेको खुलेको छ।

श्रीमतीसँग मिलेर श्रृंखलाबद्ध रूपमा हत्या गरेको सुशान्तले बताएपछि उनकी श्रीमती शीतगंगा नगरपालिका-१० सिद्धाराकी २२ वर्षीया शिवा परियारलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए। सिंहले ३ वर्षअघि परियारसँग विवाह गरी कपिलवस्तुमा कोठा भाडामा लिएर बस्दै आएको खुलेको छ।

थापाको हत्या गर्न श्रीमानलाई सघाएको र योजना बनाउन सहयोग गरेको परियारले प्रहरीलाई बयान दिएकी छन्। उनीहरुले चार महिनामा गुल्मी, अर्घाखाँची र कपिलवस्तुमा गरी तीन जना महिलाको हत्या गरी गरगहना तथा नगद लुटेको पुष्टि भएको प्रहरी निरीक्षक पौडेलले बताए।

अर्घाखाँचीमा तेस्रो पटक महिलाको हत्या गरी भाग्ने क्रममा प्रहरीले पक्राउ गरी अनुसन्धान गर्दा सिंहले तीनवटै घटनामा आफ्नो संम्लग्नता रहेको प्रहरी समक्ष स्वीकारेका हुन्। यही पुस १७ गते शितगंगा नगरपालिका-१० बोखरकी ६० वर्षीया राधा थापालाई दूध लिन जाने क्रममा बाटोमा ढुकेर हत्या गरी गरगहना लुटेर भागेका सिंहलाई पक्राउ गरी प्रहरीले अनुसन्धान अघि बढाएको थियो। सिंहले थापालाई ढुंगा र हँसिया प्रहार गरी हत्या गरेर जंगलको खोल्सामा फालेर गहना लिएर भागेका थिए।

त्यस्तै, सिंहले गएको कात्तिक २८ मा गुल्मीको इस्मा गाउँपालिका-५ की ७५ वर्षीया जीवकला थापालाई पनि घरमै पुगेर हत्या गरी गहना लुटेर भागेको खुलेको छ। जीवकला घरमा एक्लै रहेको सामाजिक सञ्जालबाट भिडियो हेरी सिंह गुल्मी पुगेको बताएका छन्।

घरमा छोराछोरी कोही नभएको र श्रीमानको मृत्यु भइसकेको थाहा पाएर घरमा पुगेका सिंहले उनको घाँटी थिची हत्या गरी सुनका गरगहना लुटी भागेको प्रहरी निरीक्षक पौडेलले बताए।

गएको असोज १४ मा कपिलवस्तुको विजयनगर गाउँपालिका-४ विजयनगरकी ७० वर्षीया योगमाया गैरेको पनि सिंहले नै हत्या गरेको पुष्टि भएको छ। सिंहले योगमायाको हत्या गरी गहना लुटेर भारत गएको प्रहरीलाई बयान दिएका छन्।

‘तीनवटै घटनामा गहनाकै लागि सिंहले हत्या गरी भागेको खुलेको छ। विभिन्न माध्यमबाट एकल महिला भएको पत्ता लगाउने र योजना बनाएर हत्या गर्दै गहना लुट्ने गरेको अनुसन्धानबाट देखियो,’ प्रहरी निरीक्षक पौडेलले भने।

यसरी लगातार एउटै प्रकृतिका घटनामा सिंह दम्पती मात्रै संलग्न छन् की अरु गिरोह नै छ भन्ने बारेमा थप अनुसन्धान भइरहेको उनले बताए।

अनुसन्धानमा अब्बल प्रहरी निरीक्षक पौडेल

नौ महिना अगाडि जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा सरुवा भई आएका प्रहरी निरीक्षक अर्जुन पौडेल अपराध अनुसन्धानमा अब्बल देखिएका छन्। छोटो समयमा उनले जघन्य प्रकृतिका अपराधिक घटनामासमेत सफलता पाएका छन्।

गत साउनमा मालारानी गाउँपालिका-२ का विष्णुबहादुर पाण्डेको हत्यामा सम्लग्न पाणिनी गाउँपालिका-२ डाँडाकटेरीका दीपक भन्ने कुलचन्द्र गौतमलाई प्रहरी निरीक्षक पौडेलकै नेतृत्वको टोलीले अनुसन्धान गरी पक्राउ गरेको थियो।

त्यस्तै, गत कात्तिकमा भूमिकास्थान नगरपालिका-१ का ६९ वर्षीय विरबहादुर गमालको हत्यामा सम्लग्न सहोदर दाइ हिमबहादुर गमाललाई समेत प्रहरी निरीक्षक पौडेलकै नेतृत्वमा अनुसन्धान गरी पक्राउ गरिएको थियो। यस्तै, गएको मंसिरमा छत्रदेव गाउँपालिका-१ का बलबहादुर सार्कीको हत्यामा सम्लग्न लक्ष्मी नेपालीलाई पनि प्रहरी निरीक्षक पौडेलकै नेतृत्वमा पक्राउ गरिएको थियो।

प्रहरी निरीक्षक पौडेल २०७६ देखि नेपाल प्रहरी सेवामा प्रवेश गरेका हुन्। यसअघि जिल्ला प्रहरी कार्यालय सल्यानमा अनुसन्धान अधिकृतको रुपमा रहँदासमेत उनले विभिन्न गम्भीर प्रकृतिका घटनाको सफल अनुसन्धान गरिसकेका छन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित