कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

रेसुङ्गा विमानस्थलमा आइतबार डेमो उडान हुँदै

गुल्मीको रेसुङ्गा नगरपालिका १० स्थित रेसुङ्गा विमानस्थलमा आइतबार डेमो उडान हुँदैछ । २०६३ देखि निर्माण सुरु गरिएको विमान १६ वर्षपछि निर्माण सम्पन्न भएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तारा एयरको ट्विनअटर विमान गुल्मी प्रस्थान गर्नेछ।

उक्त विमानमा गुल्मी क्षेत्र नम्बर १ का संसद चन्द्र भण्डारी, २ का गोकर्ण विष्ट, एमाले उपमहासचिव प्रदीप ज्ञवाली, एकीकृत समाजवादीकी सचिव रामकुमारी झाक्रीसहितको टोली गुल्मी आउने छ।

कुल ३३ करोड लगातमा बनेको विमानस्थल पाँच सय २० मिटर लम्बाइ र २० मिटर चौडाइ रहेको छ भने एक सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको छ।

डेमो उडानमा २०७५ जेठ २५ मा भएको धुले परीक्षण उडान गराएका तारा एयरलाइन्सका पाइलट सन्तोषकुमार शाहले नै आइतबार विमान उडाउने छन्।

डेमो उडान हुने भएपछि गुल्मीका जनतामा उत्साह बढेको छ। साथै, डेमो उडानका लागि सम्पूर्ण सुरक्षा व्यवस्थाको तयारी पूरा भएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए।

आइतबार हुने डेमो उडानमा अवलोकन गर्नेहरुको चाप हुने भएकाले त्यसको व्यवस्थापनमा चुनौती हुने देखिएको सरोकारवालाहरूको भनाइ छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित