लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

रेसुङ्गा विमानस्थलमा आइतबार डेमो उडान हुँदै

गुल्मीको रेसुङ्गा नगरपालिका १० स्थित रेसुङ्गा विमानस्थलमा आइतबार डेमो उडान हुँदैछ । २०६३ देखि निर्माण सुरु गरिएको विमान १६ वर्षपछि निर्माण सम्पन्न भएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तारा एयरको ट्विनअटर विमान गुल्मी प्रस्थान गर्नेछ।

उक्त विमानमा गुल्मी क्षेत्र नम्बर १ का संसद चन्द्र भण्डारी, २ का गोकर्ण विष्ट, एमाले उपमहासचिव प्रदीप ज्ञवाली, एकीकृत समाजवादीकी सचिव रामकुमारी झाक्रीसहितको टोली गुल्मी आउने छ।

कुल ३३ करोड लगातमा बनेको विमानस्थल पाँच सय २० मिटर लम्बाइ र २० मिटर चौडाइ रहेको छ भने एक सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको छ।

डेमो उडानमा २०७५ जेठ २५ मा भएको धुले परीक्षण उडान गराएका तारा एयरलाइन्सका पाइलट सन्तोषकुमार शाहले नै आइतबार विमान उडाउने छन्।

डेमो उडान हुने भएपछि गुल्मीका जनतामा उत्साह बढेको छ। साथै, डेमो उडानका लागि सम्पूर्ण सुरक्षा व्यवस्थाको तयारी पूरा भएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए।

आइतबार हुने डेमो उडानमा अवलोकन गर्नेहरुको चाप हुने भएकाले त्यसको व्यवस्थापनमा चुनौती हुने देखिएको सरोकारवालाहरूको भनाइ छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित