युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत                
समाचार :

प्रदर्शनी आइडल सिजन-६ की विजेता बनिन रुपा रौतार

बुटवलमा जारी १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि प्रविधि तथा पर्यटन महोत्सवको प्रदर्शनी को अवसरमा आयोजित प्रर्दशनी आईडलको उपाधी रुपा रौतारले जितेकी छन् ।
३३ जना प्रतिस्पर्धीलाई पछि पार्दे प्रदर्शनी आइडल २०७९ – सिजन ६ का उपाधी रुपा रौतारले चुमेकी हुन । उपाधी बिजेता रुपा रौताले नगद पुरस्कार रु. १ लाख ११ हजार १ सय ११ सहित विभिन्न पुरस्कारहरु प्राप्त गरेकी छन् ।
आइडलको दोस्रो उपाधी अञ्जली विश्वकर्माले प्राप्त गरेकी छन् । द्वितीय उपाधीको पुरस्कार रु.५५ हजार ५ सय ५५ रहेको छ भने एन्जिला क्षेत्री खत्रीले रु. ३३ हजार ३ सय ३३ पुरस्कार रहेको तेस्रो उपाधी प्राप्त गरेकी छन् ।
प्रदर्शनी आइडल–२०७९ (सिजन ६) को फाइनल कार्यक्रममा नेपालका चर्चित स्थानीय तथा राष्ट्रिय कलाकारहरुको एकल प्रस्तुती अन्तरगत आइतवार ¥यापर बाबु बिलिभर, ¥यापर ओफिम, गायिका हरिमाया रायमाझी, आधुनिक गायक रामहरि प्रेमी, लोक तथा दोहोरी गायक भरत क्षेत्री, नारायण बि.पि.,गायक तथा उद्घोषक दिपु मगर, डान्सर बबिता बोहोरा, प्रस्तुति रहेको थियो ।
कार्यक्रममा प्रदर्शनी मूल आयोजक समितिका संयोजक एवं रुपन्देही उद्योग संघका अध्यक्ष माधव प्रसाद पौडेल, प्रदर्शनी आइडल प्रायोजक एभरेष्ट होटल इनका संचालक बालाराम भट्टराई, प्रदर्शनी आइडलका संयोजक तिलक नेपाली लगायतले पुरस्कार प्रदान गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित